• असार २४, २०८२
  • जुनकिरी खबर

इटहरी उपमहानगरपालिका विरुद्ध अख्तियारमा उजुरी

alt

एम्बुलेन्स खरिद नै नगरी ८३ लाखबढी आपुर्तीकर्तालाई भुक्तानी दिएको बिषयमा छानविन गरि दोषीलाई कानुनी कारवाहीको माग गर्दै इटहरी उपमहानगरपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

२० महिनाअघि टेण्डरमार्फत ‘क’ बर्गको एम्बुलेन्स खरिदका नाममा इटहरी उपमहानगरले आपुर्तीकर्ता नेशनल फायर सेफ नामक कम्पनीका नाममा  कबुल गरेको कुल रकमको शतप्रतिशत पेश्की वापत ८३ लाखबढी रकम भुक्तानी दिएको थियो । तर, एम्बुलेन्स इटहरी उपमहानगरमा हालसम्म आएकै छैन् । 

इटहरी उपमहानगरपालिकाले एम्बुलेन्स नै नल्याई ८३ लाखबढी भुक्तानी आपुर्तीकर्तालाई भुक्तानी दिएको बिषय  गएको ६ जेष्ठमा महालेखा परिक्षकको कार्यालयले इटहरी उपमहानगरपालिकालाई बुझाएको लेखापरिक्षण प्रतिवेदनमा स्पष्ट उल्लेख गरेको थियो । सोही प्रतिवेदनका आधारमा बिभिन्न अनलाइन संचारमाध्यमहरुमा स प्रमाण समाचार प्रकाशन पछि छानविन गरि दोषीलाई कानुनी कारवाहीको माग गर्दै १७ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्व क्षेत्रिय कार्यालय इटहरीमा उजुरी परेको हो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]