• असार ३०, २०८२
  • जुनकिरी खबर

जनता कलेज इटहरी र भारतका दुई विश्वविद्यालय बीच सहकार्य गर्ने सम्झौता

alt

समुदायिक स्तरबाट इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले विदेशी दुईवटा प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरेको छ । जनता क्याम्पसले पहिलोपल्ट भारतको हरियाणमा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग सम्झौता गरेको हो । 

बाबा मस्तनाथ विश्वविद्यालयसँग यही असार २४ गते जनता क्याम्पसको टोली त्यहाँ गएर सम्झौता गरेको हो । सो क्रममा बाबा मस्तनाथ विश्वविद्यालयका कुलपति प्रोफेसर डाक्टर एचएल बर्मा, रजिष्ट्रार प्रोफेसर डाक्टर बिनोदकुमार, सहायक रजिष्ट्रारसहित अन्य विभागीय प्रमुख र जनता बहुमुखी क्याम्पसका तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसी खत्री नेतृत्वको टोली सहभागी रहेको सम्झौताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उल्खेख गरियो ।

  पाँच वर्षे सम्झौतामा दुवै संस्थाबीच शैक्षिक, अनुसन्धान र साँस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । बाबा मस्तनाथ विश्वविद्यालय सन् २००२ मा स्थापित भएर प्राविधिक, चिकित्सा, मानविकी र सामाजिक विज्ञानका क्षेत्रमा स्नातक, स्नातकोत्तर तथा अनुसन्धानका कार्यक्रम हुँदै आएको  छ । 

यस्तै,  भारतको राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग असार २५ गते पाँच वर्षे सम्झौता गरिएको जानकारी दिइयो । श्री जे जे टि विश्वविद्यालयमा विज्ञान, इन्जिनियरिङ्, व्यवस्थापन र समाजशास्त्र क्षेत्रमा स्नातक र स्नातकोत्तर कार्यक्रम उपलब्ध  छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]