• साउन १, २०८२
  • जुनकिरी खबर

इटहरी र धरानमा बजेट शून्यता !

alt

कोसी प्रदेशका दुई उपमहानगर इटहरी र धरानमा आजबाट बजेट शून्यता आएको छ । नगर सभाबाट आगामी आर्थिक वर्ष २०८२–८३ को लागि विनियोजित बजेट पारित हुन नसक्दा यी दुई उपमहानगरपालिकामा बजेट शून्यताको अवस्था सिर्जना भएको हो ।

धरान उपमहानगरकारका प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रबिक्रम बेघा बिचको मतभेदले आर्थिक वर्ष २०८२–८३ को बजेट पारित हुन नसक्दा उपमहानगर बजेट शून्यताको अवस्थामा पुगेको हो । अघिल्लो वर्ष पनि नगरप्रमुख हर्क साम्पाङ र वडाध्यक्षहरुबीचको विवादले निर्धारित समयमा बजेट पेस गर्न नसकेको धरान उपमहानगर यसबर्ष पनि किचलोमा फसेको छ ।

नगरप्रमुख र उपप्रमुख सहितका वडाअध्यक्षहरुको टकराब र आन्तरिक विवादका कारण पूर्वी नेपालको महत्त्वपूर्ण स्थानीय तह धरानमा बजेट प्रक्रिया ठप्प हुँदा नगरवासी चिन्तित बनेका छन् ।

धरानमा समयमै बजेट आउन नसक्नुको एउटा कारण श्रमदानको विषयमा उत्पन्न विवाद हो । असार २ र ३ गते श्रमदानको विषयलाई लिएर नगरप्रमुख र उपप्रमुखबिच उत्पन्न विवादले झडप नै भएको थियो । बजेट बनाउने अन्तिम समयसम्म उक्त विवाद नसुल्झिँदा यसको प्रभाव बजेट निर्माण प्रक्रियामा परेको हो ।

उपप्रमुख सहित २८ जना कार्यपालिका सदस्यले कानुनी प्रक्रिया र आवश्यक तयारी पूरा नगरी कार्यपालिका बैठक बस्नुको औचित्य नहुने भन्दै पत्र बुझाएपछि नगरप्रमुख साम्पाङ बैठक स्थगित गरेका थिए ।

बैठक बस्न नसक्दा धरान उपमहानगरले असार १० गते बजेट प्रस्तुत गर्न सकेको थिएन ।

त्यसयता पटक पटक प्रयास गरे पनि बजेट निर्माणको कामले पूर्णता नपाउँदा शून्यताको अवस्थामा पुगेको हो ।

इटहरी उपमहानगरपालिका पनि बजेट शून्यताको अवस्थामा पुगेको छ । असार १० गते उपमहानगरपालिकाका तर्फबाट उपप्रमुख संगीता कुमार चौधरीले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट पारित नहुँदा होलीडेको अवस्थामा पुगेको हो ।

स्थानीय सरकार संचालन ऐनमा १० असारमा प्रस्तुत भएको नीति, कार्यक्रम र बजेट १५ दिन अर्थात् असार २५ गतेसम्म दफावार छलफल गरी पास गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

तर, बजेट पास गर्ने विषयमा पटक पटक नगर सभा बोलाउँदै स्थगित गरेको उपमहानगरले बुधवार बोलाइएको नगरसभाको बैठक स्थगित भएकाले इटहरी बजेट होलीडेको अवस्थामा पुगेको हो ।

इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलले अनुसूची विनाको बजेट पास गर्न खोजेपछि उपप्रमुख चौधरीले असहमति जनाएपछि बुधवारको नगर सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

उपप्रमुख चौधरीले अनुसूची विनाको बजेट निर्णयका लागि नगर सभामा पेस गर्न नसकिने जानकारी दिएपछि नगर सभा प्रमुखका रूपमा उपस्थिति मेयर पौडेलले इटहरीवासीको भाग्य र भविष्यमाथि राजनीति गर्न नहुँने जनाउँदै सहमतिका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नगर सभा स्थगित गरेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]