• साउन १, २०८२
  • जुनकिरी खबर

नगर प्रमुख हेमकर्णकै मनोमानीले बजेट पारित हुन सकेन : एमाले

alt

आर्थिक वर्ष २०८२।।८३ को बजेट पारित हुन नसक्नुमा इटहरी उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेलकै लापरवाही र असंवेदनशीलताले मुख्य भूमिका खेलेको नेकपा एमाले इटहरीले आरोप लगाएको छ। एमालेबाट उपप्रमुख रहेकी संगीता कुमारी चौधरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अनुसूची बिनाको विनियोजन विधेयक पेश गरी बजेटलाई नगर प्रमुख पौडेलले मनोमानी शीर्षकहरूमा खर्च गरी दुरुपयोग गर्ने गरेको उदृत गरिएको छ ।

सोहीकारण महालेखा परीक्षकको प्रतिवेदनमासमेत बेरुजु हुने गरेको देखिएकोले र विनियोजन विधेयक (अनुसूचीसहितको) ल्याउन पटकपटक प्रयत्न र अनुरोध गर्दा पनि शाखा, महाशाखा, वडा शिक्षा लगायतको अनुसूची असार मसान्तसम्म उपलब्ध नगराएकोले अनुसूचीसहितको विनियोजन विधेयक तयार गर्न नसकिएकोले सभामा पेश गर्न असमर्थ रहेको चौधरीले बताइन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार, असार १० गतेभित्र नीति तथा कार्यक्रम नगरसभामा पेश भइसक्नुपर्ने कानुनी व्यवस्था छ। एमालेका अनुसार, बजेट निर्माणका चरणहरू समयमा नै सम्पन्न हुनुपर्नेमा प्रमुख प्रशासकीय अधिकारीको संयोजन र नगर प्रमुखको समन्वयमा त्यसो हुन नसक्दा बजेट नआएको हो ।

उपप्रमुखको संयोजकत्वमा रहेको राजस्व परामर्श समितिले आम्दानी, खर्चसहितको श्रोत प्रक्षेपण तयार पारेर सम्बन्धित समितिमा पठाए पनि नगर प्रमुख पौडेलले समयमै कार्यपालिकाको बैठक आह्वान नगरेका कारण नीति तथा कार्यक्रम हतारमा असार १० गते मात्रै नगरसभामा प्रस्तुत गरिएको थियो। त्यसपछि पटक–पटक नगरसभा स्थगित गरिएको र अन्ततः असार ३० गते सभा बोलाइए पनि नगर प्रमुख र सभाध्यक्ष अनुपस्थित भएपछि सभा सञ्चालन हुन नसकेको एमालेको दाबी छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]