• साउन ११, २०८२
  • जुनकिरी खबर

इटहरीमा तीर्थ गुरुङलाई सगरमाथा सम्मान

alt

इटहरी । नेपाली साहित्यमा ऐतिहासिक आख्यानमार्फत छुट्टै पहिचान बनाएका पोखरेली लेखक तीर्थ गुरुङलाई सम्मान गरिएको छ । सगरमाथा साहित्य प्रतिष्ठान कोसी प्रदेश समितिको आयोजनामा शनिबार इटहरीमा ‘हिउँको गीत’  माथीको विमर्श कार्यक्रममा लेखक गुरुङलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि कोसी प्रदेश प्रमुख परशुराम खापुङले दुबोको माला र सम्मान पत्र प्रदान गरे । 

उपन्यास ‘हिउँको गीत’ माथी विमर्श गर्दै कृतीको बारेमा समिक्षा गरिएको थियो ।  कवि मनु मन्जिल, अस्मिता विष्ट र जेबी थुलुङले कृतिको भाषा, शिल्प र विषयवस्तुमा आधारित रहेर कृतीको समीक्षा गरे ।  कार्यक्रमका वक्ताहरुले ‘हिउँको गीत’ लाई साहित्यिक दृष्टिकोणले एक गहन ऐतिहासिक दस्तावेजको भएको बताए ।  कवि मनु मन्जिलले कृतिलाई २०८१ सालको मदन पुरस्कारका लागि मनोनयनमा परेका सात कृतिहरूमध्ये उत्कृष्ट ठहर गर्दै यसलाई पुरस्कार दिनुपर्ने बताए ।  ‘हिउँको गीत’मा आदिवासी तमु समुदायको प्राचीन राज्य ‘क्होला सोँथार’को उदयदेखि पतनसम्मको कथा समेटिएको छ । 

यो उपन्यास पाठकलाई झन्डै ७ सय वर्षअघिको सामाजिक–राजनीतिक जीवनतर्फ लैजान्छ, जसले इतिहास, संस्कृति र समुदायको यथार्थ जीवन गहिरो रूपमा उतारेको समीक्षकहरूले बताए ।  तमुह्युल छोंज धी केन्द्रिय वरिष्ठ उपाध्यक्षले ‘हिउँको गीत’ले तमु समुदायको गौरव वृद्धि गरेको टिप्पणी गर्दै स्रष्टालाई थप सफलताको शुभकामना दिए । 

कार्यक्रममा सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपुरका साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम मिश्रामाया गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]