• साउन ११, २०८२
  • जुनकिरी खबर

इटहरीमा तीर्थ गुरुङलाई सगरमाथा सम्मान

alt

इटहरी । नेपाली साहित्यमा ऐतिहासिक आख्यानमार्फत छुट्टै पहिचान बनाएका पोखरेली लेखक तीर्थ गुरुङलाई सम्मान गरिएको छ । सगरमाथा साहित्य प्रतिष्ठान कोसी प्रदेश समितिको आयोजनामा शनिबार इटहरीमा ‘हिउँको गीत’  माथीको विमर्श कार्यक्रममा लेखक गुरुङलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि कोसी प्रदेश प्रमुख परशुराम खापुङले दुबोको माला र सम्मान पत्र प्रदान गरे । 

उपन्यास ‘हिउँको गीत’ माथी विमर्श गर्दै कृतीको बारेमा समिक्षा गरिएको थियो ।  कवि मनु मन्जिल, अस्मिता विष्ट र जेबी थुलुङले कृतिको भाषा, शिल्प र विषयवस्तुमा आधारित रहेर कृतीको समीक्षा गरे ।  कार्यक्रमका वक्ताहरुले ‘हिउँको गीत’ लाई साहित्यिक दृष्टिकोणले एक गहन ऐतिहासिक दस्तावेजको भएको बताए ।  कवि मनु मन्जिलले कृतिलाई २०८१ सालको मदन पुरस्कारका लागि मनोनयनमा परेका सात कृतिहरूमध्ये उत्कृष्ट ठहर गर्दै यसलाई पुरस्कार दिनुपर्ने बताए ।  ‘हिउँको गीत’मा आदिवासी तमु समुदायको प्राचीन राज्य ‘क्होला सोँथार’को उदयदेखि पतनसम्मको कथा समेटिएको छ । 

यो उपन्यास पाठकलाई झन्डै ७ सय वर्षअघिको सामाजिक–राजनीतिक जीवनतर्फ लैजान्छ, जसले इतिहास, संस्कृति र समुदायको यथार्थ जीवन गहिरो रूपमा उतारेको समीक्षकहरूले बताए ।  तमुह्युल छोंज धी केन्द्रिय वरिष्ठ उपाध्यक्षले ‘हिउँको गीत’ले तमु समुदायको गौरव वृद्धि गरेको टिप्पणी गर्दै स्रष्टालाई थप सफलताको शुभकामना दिए । 

कार्यक्रममा सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपुरका साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम मिश्रामाया गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]