• साउन ११, २०८२
  • जुनकिरी खबर

इटहरीमा पहिलो राष्ट्रिय कोबुदो किहोन सेमिनार सम्पन्न

alt

पहिलो राष्ट्रिय कोबुदो विशेष किहोन सेमिनार इटहरीमा भव्यताका साथ सम्पन्न भएको छ । साउनको ८ र ९ गते दुई दिन सम्म चलेको सेमिनारमा प्रशिक्षकहरूले कोबुदोका विभिन्न विधा तथा परम्परागत युद्धकलाहरूको प्रदर्शन गर्नुका साथै व्यावहारिक तालिम पनि प्रदान गरिएको थियो ।

जापानका विश्वप्रसिद्ध ओल्ड ग्रान्ड मास्टर गिवो गियु तथा उनका छोरा गिवो केन्तो सहित १२ जना वरिष्ठ अन्तर्राष्ट्रिय प्रशिक्षकहरू सहभागी भएका थिए । नेपालका विभिन्न जिल्लाहरुबाट प्रशिक्षक तथा खेलाडीहरुको सहभागिता रहेको थियो । 

प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले खेलकुद क्षेत्रमा राज्यको अपेक्षित सहयोग नपुगेको स्वीकार गर्दै अब कोशी प्रदेश सरकारले खेलकुद प्रवद्र्धनका लागि विशेष कार्यक्रम तथा नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले खेलकुदलाई स्वास्थ्य, अनुशासन र सामाजिक परिवर्तनको आधारका रूपमा लिइनुपर्ने कुरामा जोड दिए ।  ग्रान्ड मास्टर गिवो गियुले नेपाल–जापान बीचको मित्रता लामो समयदेखि सुमधुर रहेको बताउँदै कराते मार्फत दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा संविधानसभा सदस्य किरण कुमार राई, रा.खे.प. वरिष्ठ प्रशिक्षक कालु मेचे, योगेन्द्र चाम्लिङ, नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलन कुमार प्रसाईं, कोशी संयोजक तथा ब्प्ँ प्रशिक्षक प्रभाकर राना मगर, रा.खे.प प्रशिक्षक मीना पाठक लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

‘शान्ति, मित्रता र एकता’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको सेमिनारको सञ्चालन गणेश कटवालले गरेका थिए ।  कार्यक्रम मदन कुमार उप्रेतीको सभापतित्वमा सपन्न भएको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]