• भदौ १३, २०७६
  • जुनकिरी खबर

प्रदेश १ सरकारविरुद्ध उच्च अदालतमा मुद्दाको चाङ

alt

देश नम्बर १ सरकारविरुद्ध अदालतमा मुद्दाको चाप बढ्दै गएको छ । नयाँ निर्माण गरिएका कानुन तथा सरकारका कामविरुद्ध दर्जनौ मुद्दा दर्ता भएका हुन् ।

प्रदेश १ सरकार गठन भएको डेढ वर्ष पूरा भइसकेको छ । जनअपेक्षाअनुसार खासै उपलब्धि हासिल गर्न नसकेको सरकारविरुद्ध सरकारको कामकारबाहीसँग जोडिएका मुद्दाको चाप ह्वात्तै बढेर गएको छ । यस अवधिमा उच्च अदालत मोरङमा ३९ वटा मुद्दा परेका छन्, जसमध्ये ८ वटाको फैसला भइसकेको छ ।

संविधानको प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्नेमा त्यसो नभएको, सडक, विद्यालय व्यवस्थापन, कर, क्रसर उद्योग, शिक्षा, जग्गा, लोकमार्ग, कर्मचारी सरूवा, स्थानीय तहमा शिक्षक नियुक्ति, सार्वजनिक सरोकारलगायतका विषयमा मुद्दा परेका हुन् ।

प्रदेश सरकारसँग मात्र जोडिएका १७ वटा मुद्दा र बाँकीमा संघ र स्थानीय तहसँग जोडेर प्रदेशलाई विपक्षी बनाइएको हो । प्रदेश सरकारको काम कारवाहीलाई लिएर संवैधानिक र जनसरोकारका विषयमा अदालतमा सरकारविरुद्ध रिट दायर हुनेक्रम उच्च देखिएको उच्च अदालत विराटनगरका रजिष्ट्रर ठगिन्द्र कट्टेल बताउँछन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएका मुद्दामा सरूवा काज, स्थानीय कर, शिक्षा कार्यविधि, सवारी चालक अनुमति पत्र, सडक संरचनालगायतका छन् । त्यस्तै २५ वटा मुद्दा स्थानीय तहको कामकारबाहीको सम्बन्धमा जोडिएका छन् । सरकार कानून निर्माणको क्रममा रहेकाले सरकारको कार्यसम्पादनलाई लिएर असन्तुष्टि जाहेर गर्दै प्रदेश सरकारविरुद्ध मुद्दा दर्ता गर्ने क्रम बढेको प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यको भनाइ छ ।

उच्च अदालतमा परेका मुद्दालाई उच्चसहित त्यसअन्तर्गतका इलाम, धनकुटा र ओखलढुङ्गा इजलासमा चलाइँदै आएको छ । यसबाट सरकारले कानुन निर्माण र कार्यसम्पादन गर्दा थप ध्यान दिनुपर्ने देखिएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]