• साउन १४, २०८२
  • जुनकिरी खबर

सिचाईको समस्या समाधान गर्न प्रदेसभा सदस्यको माग

alt

खडेरीका कारण किसानले खेती गर्न नपाएको भन्दै कोसी प्रदेश सभा सदस्यहरूले सङ्कट समाधान गर्न प्रदेश सरकारसँग माग गरेका छन् । प्रदेश सभाको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले सङ्कट समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गरेका छन् । प्रदेश सभा सदस्य राजन किराँतीले खेतमा विद्युत् व्यवस्था गरी सिँचाइको व्यवस्था मिलाउन माग गर्नुभयो ।

खडेरी सङ्कटको पूर्व तयारी नगरेको भन्दै किराँतीले किसानलाई सहयोग गर्ने काम थाल्न सरकारसँग माग गर्नुभयो । धेरै किसान भएको झापा, मोरङ र सुनसरी जिल्लामा खडेरीका कारण किसानले रोपाई गर्न नपाएको भन्दै अर्का प्रदेश सभा सदस्य रामदेव यादवले विद्युत् र सिँचाइको विशेष व्यवस्था गर्न माग गर्नुभयो ।

सुनसरी मोरङ सिँचाइ आयोजनाले नहरको पानीमा पालो प्रणालीका कारण किसानले खेती गर्न नपाएको राम प्रसाद मेहताले बताउनु भयो ।

मन्त्रीका विषयमा भ्रष्ट्राचारको कुरा उठेपछि पनि छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउनु पर्नेमा सरकार मूकदर्शक बनेको अर्का प्रदेश सभा सदस्य गणेश प्रसाद उप्रेतीले आरोप लगाउनु भयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]