• साउन ३०, २०८२
  • जुनकिरी खबर

कोशी प्रदेशमा चारै मन्त्रालयका सचिव एकैपटक सरुवा

alt

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको भागमा रहेका चारै मन्त्रालयका सचिवहरूलाई सरुवा गरिएको छ। सरुवामा पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार साह, उद्योग–कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे र स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलिया छन्।

पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अनियमितता र कमिसनको आरोपपछि विवादमा आएका घिमिरेलाई संघीय वन तथा वातावरण मन्त्रालयमा पठाइएको हो। पर्यटन वर्ष उद्घाटन कार्यक्रममा प्रयोग भएका होटलबाट खाली बिल ल्याएको, भुक्तानी ढिल्याएको र पछि व्यक्तिगत खाताबाट २ लाख ७६ हजार रुपैयाँ बुझाएको विषय संसदसम्म पुगेको थियो।

अढाई वर्षभन्दा बढी समय एकै प्रदेशमा बसेका घिमिरेविरुद्ध अख्तियारमा उजुरी परेको र अनुसन्धान भइरहेको बताइएको छ। अन्य सरुवामा, साहलाई संघीय सहरी विकास मन्त्रालयमा, पाण्डेलाई संघीय कृषि तथा पशुपक्षी मन्त्रालयमा र थपलियालाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खटाइएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]