• भदौ २, २०८२
  • जुनकिरी खबर

इटहरीमा सञ्चालनमा ल्यायो प्रदेश राजस्व कार्यालय

alt

कोसी प्रदेश सरकारले इटहरीमा प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । कोसी प्रदेशमै पहिलो पटक सञ्चालनमा ल्याइएको प्रदेश स्तरीय कार्यालयको सोमबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राणा मगरले उद्घाटन गरेका छन् ।
 
प्रदेशको राजस्व सङ्कलनमा सहजीकरण गर्ने उद्देश्यले कार्यालय खोलिएको हो । प्रदेशको क्षेत्राधिकार  भित्र पर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि सोमबार देखि कार्यालय सञ्चालनमा ल्याइएको मन्त्री राना मगरले जानकारी दिए । कार्यालयको उद्घाटन गर्दै मन्त्री रानाले प्रदेश सरकारले सोचे अनुसारको राजस्व सङ्कलन गर्न नसकिरहेको परिपेक्ष्यमा  कार्यालय उद्घाटन गरिएको बताए । उनले जनतालाई करको बोझ नहुने गरी राजस्व वृद्धि गर्नका लागि कार्यालय सञ्चालनमा ल्याइएको स्पष्ट पारे ।
 
कोसी प्रदेश सरकारले गत आर्थिक वर्षमा ४ अरब ९८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ९८% सफलता हासिल गरेको थियो । चालु आबमा कोसी प्रदेश सरकारले ५ अर्ब ५० करोड राजस्व उठाउने लक्ष्य राखेको छ । कार्यालय उद्घाटन समारोहमा कोसी प्रदेश सभाका सदस्य रमेश बस्नेत, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, मुख्यमन्त्रीको आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदी लगायतले कार्यालयबाट चुस्त दुरुस्त सेवा प्रवाह हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]