• भदौ ६, २०८२
  • जुनकिरी खबर

मोरङको खदम खोलामा व्यापक उत्खनन

alt

कोशी प्रदेशमा खोला उत्खननको मामलामा सधैँ अघि आउने नाम हो, खदम खोला । यहाँ ठेक्का लाग्दा समेत सरकारी मापदण्ड भन्दा कयौँ घन मिटर गहिरो खोला खनेर खोला तहसनहस गर्ने क्रसर उघोग र भूमाफियाहरुले फेरी मोरङको केराबारीस्थित खदम खोलामा ‘प्रतिबन्धित समयमा’ खोला किनारको डाँडै खनेको पाइएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत केराबारीको पुलदेखि दक्षिण खदम खोलाको किनारमा पर्ने भूभागमा खनेको पाइएको हो । खोलाको सतह भन्दा भन्दा अग्लो भागलाई खनेर अहिले त्यहाँबाट ढुङ्गा गिटी, बालुवा तथा मिसगिटी उत्खनन भइरहेको छ । 
 
प्राय साँझ र रातको समयमा जेसिबीले खनेर टिफर मार्फत उत्खनन भएका नदीजन्य सामाग्री चोरी हुने गरेको छ । हाल उत्खनन भएको क्षेत्र केराबारी गाउँपालिका वडा नं. ८ मा पर्दछ । जहाँ आधा खोला र आधा नम्बरी जमिनमा पर्छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार खोला किनारदेखि विष मिटर दूरीसम्म उत्खनन गर्न पाइँदैन । तर यहाँ खोलाको किनाराको भागदेखि उत्खनन भएको ठाउँ करिब दश मिटर दूरीमा पर्दछ । त्यस अलावा उत्खनन भएको भाग नजिकै सञ्चालित क्रसर उघोगको बाटो समेत हो । 
 
हाल सरकारले असार, साउन र भदौ महिनासम्म खोला बन्द गर्ने गर्दछ । यो समयमा खोला, किनारा तथा आसपास उत्खनन तथा ढुवानी गर्ने सवारी साधना समेतलाई प्रवेशमा निषेध गरेको छ ।  तर खोला बन्द भएको अवस्थामा खदम खोला किनाराको डाँडाको भाग नै काटेर उत्खनन भइरहँदा जिल्ला समन्वय समिति मोरङ र प्रहरी प्रशासन मौन छ । तथापि केराबारी गाउँपालिकाकाको नगर प्रहरीको भरमा खोला रेखदेख गर्ने काम गरिरहेको छ ।  
 
केराबारीको खदम खोला क्षेत्रमा हाल महादेव, कृष्ण, शिवम र सम्राट् नाम गरेका चार वटा क्रसर उघोग सञ्चालनमा छन् । यी सबै क्रसर उघोग सञ्चालनका लागि आवश्यक मापदण्ड पुरा गरेका छैनन् । 
 
ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ विपरीत चार वटै क्रसर उघोग हाल खोला किनारबाट ५०० मिटर भित्रै सञ्चालित छन् । साथै यी उघोगले आफ्नो घाटगद्दी (स्टक) गर्ने ठाउँ समेत खोला नजिक राखेको छ ।  स्थानीयहरूका अनुसार हाल खदम खोलाको किनारामा भइरहेको उत्खननमा क्रसर उघोगनै संलग्न भएको दाबी गरेका छन् । उघोगकै हेभी इक्विपमेन्ट जेसिबी र टिफर प्रयोग गरेर खोला किनारको भाग काटेर उत्खनन भइरहेको प्रत्यक्षदर्शी स्थानीय बताउँछन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]