• भदौ ११, २०८२
  • जुनकिरी खबर

म्युजिक नेपालले मेरो मौलिक गीत ब्लक गर्यो : गायिका अन्जु गौतम

alt

पूर्वेली लोकगायिका अञ्जु गौतमले म्युजिक नेपालप्रति गम्भीर आपत्ति जनाएकी छिन्। उनका अनुसार, आफ्नै मौलिक गीतहरूमा अनावश्यक ‘कपिराइट’ विवाद खडा गरेर युट्युबबाट गीतहरू ब्लक गरिएको छ। बुधबार इटहरीमा पत्रकार सम्मेलन गर्दै उनले तीन चर्चित गीतहरू — लैबरी माया, पानी पर्‍यो झमझम र माला लाउनु फुलैको गाँसेर — म्युजिक नेपालका प्रमुख सन्तोष शर्माको पहलमा अनुचित रूपमा ब्लक गरिएको दाबी गरिन्।

उनले ब्लक हटाउन प्रमाणसहित आग्रह गर्दा समेत धम्की र दबाबमा पारिएको अनुभव सुनाइन्। प्रतिलिपि अधिकार ऐन २०५९ ले मौलिक सिर्जनालाई सुरक्षा गर्ने तर लोक भाका आत्मसात् गरेर सिर्जना गर्ने अधिकार भने कलाकारलाई खुला गरेको प्रस्ट पार्दै, आफ्ना गीत मौलिक परम्परामै आधारित भएको दाबी गरिन्। दुई दशकदेखि कोशी प्रदेशमा सक्रिय रहिएकी गौतमले अहिलेसम्म तीन सयभन्दा बढी लोकगीत गाइसकेकी छिन्। तर लोकप्रिय गीत ब्लक भएपछि आर्थिक र मानसिक दुवै असर परेको बताउँदै, अब कानुनी बाटो रोज्ने चेतावनीसमेत दिएकी छिन्।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]