• भदौ १२, २०८२
  • जुनकिरी खबर

जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि धर्ना बस्न पत्रकारलाई रोक

alt

सुनसरी जिल्ला प्रशासन कार्यालयले पत्रकारहरूलाई साङ्केतिक विरोध प्रकट गर्न कार्यालय अगाडि धर्ना बस्न पनि रोक लगाएको छ । कोशी प्रदेश सरकारद्वारा ल्याइएको सञ्चार विधेयकको विरोधमा आन्दोलनरत पत्रकारहरू बिहीबार साङ्केतिक विरोध प्रकट गर्न सुनसरी जिल्ला प्रशासन कार्यालय पुगेका थिए । त्यहाँ पहिले नै तैनाथ प्रहरीले प्रवेशद्वारमै रोक्न खोजे ।

नेपाल पत्रकार महासङ्घ सुनसरीको आव्हानमा धर्ना बस्न गेटबाट प्रवेश गरेका पत्रकारहरूले सुरक्षाकर्मीलाई नाराबाजी विहीन ‘शान्तिपूर्ण धर्ना’ भएको बताए पनि कार्यालय अघि सम्म पुग्न दिएनन् ।अघिल्ला आन्दोलनहरूका पत्रकारहरू कार्यालय अघि शान्तिपूर्ण धर्ना बसेको स्मरण गराउँदा सुरक्षाकर्मी ‘भित्र सोधेर आउने’ भनी पर्खाए । तर कार्यालय अघि सम्म पुग्न दिएनन् । यसबिच पत्रकार र प्रहरी बिच ठेलाठेल भएको थियो ।

कार्यालय परिसरमा पत्रकार सुरक्षाकर्मी बिच दोहोरी भई रहँदा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र कार्यालयमै थिए । घम्सा घम्सी हुने स्थितिमा संयमता अपनाउँदै पत्रकारहरू प्रवेशद्वार नजिक एक घण्टा धर्नामा बसे ।

धर्नामा प्रहरी हस्तक्षेप भएपछि पत्रकारहरूले प्रहरी हस्तक्षेप विरुद्ध नाराबाजी गरे । उनीहरूले प्रदेश सञ्चार विधेयक खारेज गर, प्रेस स्वतन्त्रता विरोधी होसियार लगायतको माग गर्दै नारा लगाए ।

पत्रकारहरूलाई जिल्ला प्रशासन कार्यालय अगाडि सम्म पुग्न रोक लगाएपछि पत्रकारहरूले नाराबाजी गरेको प्रमुख जिल्ला अधिकारी मिश्रले कार्यालयको माथिल्लो तलाबाट अवलोकन गरेका थिए ।

 

धर्ना समापन गर्दै महासङ्घका सुनसरी सचिव विनय बाह्रकोटीले प्रेस स्वतन्त्रताको माग गर्दै शान्तिपूर्ण मौन धर्ना बस्ने अधिकार पनि प्रशासन खोसेको बताउँदै प्रदेश सरकारको सञ्चार विधेयकले पत्रकारलाई लेख्न पनि रोक लगाउने भएकोले आन्दोलन अरू सशक्त बनाउन जरुरी भएको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]