• भदौ १७, २०८२
  • जुनकिरी खबर

काेशीमा पानीको बहाव बढ्यो, ३८ वटा ढाेका खुला

alt

सप्तकोशी नदीमा पानीको सतह लगातार बढेकाे छ । बाढीका कारण जोखिम बढेपछि ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो ।

सोमबार बेलुका १० बजे गरिएको जलसतह मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ । दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएको थियो । बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

“ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकको बहाव पार गरेपछि जलप्रवाहलाई खतराको संकेत स्वरूप जनाइन्छ,” उनले भने, “रातो बत्ती बाल्नु खतरा सम्भावना भएको अवस्था हो, जसले स्थानीयवासी र सरोकार भएकालाई सतर्क रहन संकेत गर्छ ।”

हाललाई डुबानको प्रत्यक्ष जोखिम नरहे पनि पहाडी क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण जलसतह लगातार बढिरहेको उनले बताए । सम्बन्धित निकायका साथै सप्तकोसी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा जोखिमपूर्ण स्थानमा नजान आग्रह गरिएको प्रवक्ता खतिवडाले बताए । रासस

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]