• भदौ १९, २०८२
  • जुनकिरी खबर

झुम्का कारागारमा ६ सय ३३ को स्वास्थ्य परीक्षण, तीनको मृत्यु

alt

केही दिनयता कैदी बन्दीहरुमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या, बान्ता हुने जस्ता लक्षण देखिएको सुनसरीको झुम्का कारागारमा थप एक जना कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जबरजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका सप्तरी राजविराज ८ बस्ने वर्ष ४६ को जलेश्वर यादव रहेका छन् । बुधवार दिउसो बहोस् भएपछि उनलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
 
उनको उपचारको क्रममा बुधवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि गत सोमबार पनि दुई जना कैदी बन्दीको मृत्यु भएको थियो । मृत्यु हुनेमा सुनसरी गढी गाउँपालिका ६ बस्ने वर्ष ४८ को रामदेव उराँव र धरान निवासी वर्ष २४ को सागर राई रहेका थिए ।
 
उराव कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका थिए । राई लागु औषध मुद्दामा पुर्पक्षको लागी कारागारमा कैद भुक्तान गरिरहेका थिए । शनिवार राती श्वासप्रश्वासमा समस्या देखिएपछि उराँवलाई उपचारको लागी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उरावको उपचारकोक्रममा सोमबार बिहान सवा १२ बजे मृत्यु भएको थियो ।
 
लागु औषध मुद्धामा पुर्पक्षको लागी कारागारमा रहेको अर्का कैदी राईलाई बान्ता हुने, शरीर नचल्ने समस्या आएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारकोक्रममा सोमबार बिहान मृत्यु भएको थियो । कारागारमा चार दिनको अवधिमा तीन जनाको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले अनुगमन गरी बुधवार राती देखी नै स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ ।
 
कारागारको दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले जानकारी दिए । कारागारमा बिहिबार साँझसम्म ६३३ जना कैदीको स्वास्थ्य परीक्षण गरिएको र उनीहरूको रिपोर्ट आएपछि बिरामीको कारण खुल्ने उनले बताए । झुम्का कारागारको दुवै ब्लकमा गरी १ हजार ७ सय ९४ जना कैदी रहेका छन् ।

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]