• भदौ १९, २०८२
  • जुनकिरी खबर

झुम्का कारागारमा ६ सय ३३ को स्वास्थ्य परीक्षण, तीनको मृत्यु

alt

केही दिनयता कैदी बन्दीहरुमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या, बान्ता हुने जस्ता लक्षण देखिएको सुनसरीको झुम्का कारागारमा थप एक जना कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जबरजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका सप्तरी राजविराज ८ बस्ने वर्ष ४६ को जलेश्वर यादव रहेका छन् । बुधवार दिउसो बहोस् भएपछि उनलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
 
उनको उपचारको क्रममा बुधवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि गत सोमबार पनि दुई जना कैदी बन्दीको मृत्यु भएको थियो । मृत्यु हुनेमा सुनसरी गढी गाउँपालिका ६ बस्ने वर्ष ४८ को रामदेव उराँव र धरान निवासी वर्ष २४ को सागर राई रहेका थिए ।
 
उराव कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका थिए । राई लागु औषध मुद्दामा पुर्पक्षको लागी कारागारमा कैद भुक्तान गरिरहेका थिए । शनिवार राती श्वासप्रश्वासमा समस्या देखिएपछि उराँवलाई उपचारको लागी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उरावको उपचारकोक्रममा सोमबार बिहान सवा १२ बजे मृत्यु भएको थियो ।
 
लागु औषध मुद्धामा पुर्पक्षको लागी कारागारमा रहेको अर्का कैदी राईलाई बान्ता हुने, शरीर नचल्ने समस्या आएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारकोक्रममा सोमबार बिहान मृत्यु भएको थियो । कारागारमा चार दिनको अवधिमा तीन जनाको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले अनुगमन गरी बुधवार राती देखी नै स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ ।
 
कारागारको दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले जानकारी दिए । कारागारमा बिहिबार साँझसम्म ६३३ जना कैदीको स्वास्थ्य परीक्षण गरिएको र उनीहरूको रिपोर्ट आएपछि बिरामीको कारण खुल्ने उनले बताए । झुम्का कारागारको दुवै ब्लकमा गरी १ हजार ७ सय ९४ जना कैदी रहेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]