• भदौ १४, २०७६
  • जुनकिरी खबर

अदालतले रोक्यो उर्लाबारी नगरपालिकाको काम

alt

मोरङको उर्लाबारी नगरपालिकामा १८ दिनदेखि सेवा प्रवाह ठप्प छ । मेयर र उपमेयरको झगडा चर्कंदै जाँदा उच्च अदालत बिराटनगरको आदेशपछि नगरपालिकाको सेवा प्रवाह रोकिएको हो ।

कांग्रेसबाट निर्वाचित मेयर खड्ग फागो र नेकपाबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीबीचको विवादका कारण १८ दिनदेखि काम ठप्प हुँदा सेवाग्राहीहरु मारमा परेका छन् । सेवाग्राहीसँग शुल्क लिएर गर्नुपर्ने कुनै पनि काम नगरपालिका र वडा कार्यालयहरुले गरेका छैनन् । शुल्क नलिइकन गरिने सामान्य सेवा मात्र सुचारु छ ।

गत असार २९ गते उर्लाबारी नगरपालिकाको चौथो नगरसभा भएको थियो । १९ जना कार्यपालिका सदस्य रहेको नगरमा मेयर खड्ग फागोसहित नेपाली कांग्रेसका ६ जना सदस्यले मात्र निर्णय गरेर चौथो नगरसभा डाकेका थिए । जबकि नगर कार्यपालिकामा नेकपाका १३ सदस्य छन् ।

कांग्रेसबाट निर्वाचितहरुले अल्पमतका आधारमा एकलौटी रुपमा नगरसभा गरेको भन्दै उपमेयर लक्ष्मीदेवी भण्डारीसहित १३ जनाले उच्च अदालत बिराटनगरमा रिट दायर गरे । सोही रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले नगरसभाको निर्णय कार्यान्यन नगराउन आदेश दिएपछि नगरपालिकाको सशुल्क सेवा ठप्प भएको हो ।

असार २९ मा मेयर फागोको नेतृत्वमा सम्पन्न नगरसभाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले साउन २७ गते आदेश जारी गरेर नगरपालिकालाई सोही दिन पत्र पठाएको थियो । सोही पत्रका आधारमा साउन १८ गते मेयर फागोले नगरपालिकामा प्रेस विज्ञप्ति टाँस गर्दै सम्पूर्ण वडा कार्यालयलाई समेत काम रोक्न निर्देशन दिएका हुन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]