• भदौ २७, २०८२
  • जुनकिरी खबर

पेट्रोलियम संकट, कालोबजारीले उपभोक्ता मारमा

alt

कोशी प्रदेशका बिभिन्न जिल्लामा जारी निषेधाज्ञा र कर्फ्युका कारण पेट्रोल पम्पहरू बन्द हुँदा पेट्रोलियम पदार्थको आपूर्ति संकट चुलिएको छ। पम्प नखुल्दा उपभोक्ताहरू प्रतिलिटर १५८ रुपैयाँ पर्ने पेट्रोल बोतलमा २५० रुपैयाँसम्म तिरेर खरिद गर्न बाध्य भएको गुनासो गर्दै आएका छन्। इन्धन अभावले केवल उपभोक्ता मात्र नभई भन्सारको गतिविधि पनि प्रभावित भएको छ।

विराटनगर भन्सार कार्यालयका अनुसार भारततर्फबाट नेपाल प्रवेशका लागि ९ सयभन्दा बढी मालवाहक सवारी साधन सीमा नाकामा रोकिएका छन्। तीमध्ये ठूलो संख्यामा पेट्रोलियम पदार्थ ९विशेषगरी एलपी ग्यास० बोकेका ट्यांकरहरू रहेका छन्। भन्सार प्रमुख उमेश श्रेष्ठका अनुसार अत्यावश्यक तथा छिटो बिग्रने वस्तुहरूको जाँचपास प्राथमिकतामा गरिएको छ।

तर आन्दोलनका क्रममा भन्सार परिसरमा आगजनी र बैंकमा लुटपाटको प्रयास भएपछि व्यवसायीहरू त्रासमा परेका छन्। सुरक्षा सुनिश्चित नभएको भन्दै उनीहरू सामानको प्रक्रिया अगाडि बढाउन हिचकिचाइरहेका छन्, जसले गर्दा आपूर्ति सहज हुन सकेको छैन।

विशेषज्ञहरूका अनुसार, कालोबजारी, आपूर्ति अवरोध र व्यवसायीहरूको अविश्वास मिलेर विराटनगरमा आर्थिक असुरक्षा र मूल्यवृद्धिको नयाँ संकट देखिएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]