• असोज ८, २०८२
  • जुनकिरी खबर

कोशीमा सेटिङमा ६ सयबढी सवारी दर्ता

alt

इटहरी । जेनजी आन्दोलन का क्रममा  कार्यालय ध्वस्त भएपछि सेवा स्थगित भएको यातायात व्यवस्था कार्यालय सवारी कोसीले निजी गाडी कम्पनी सँगको सेटिङमा नयाँ सवारी दर्ता गरेको छ । निजी व्यक्तिको घरमा कार्यालय खडा गरेर कार्यालयका प्रमुख बाबुराम लुइँटेलले  नयाँ सवारी दर्ता गरिदिएका हुन । उनले असोज ५ र ७ गते नयाँ सवारी दर्ता गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोसीले जनाएको छ ।  
 
भदौ २४ गते भएको आन्दोलनका क्रममा यातायात कार्यालय सुनसरीमा तोडफोड र आगजनी भएको छ । ।आगजनी पछि कार्यालयबाट काम गर्न सक्ने अवस्था छैन । सेवा सञ्चालन गर्न नसक्ने अवस्था पछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मातहतका सबै यातायात कार्यालयलाई सेवा रोक्न परिपत्र  गरेको छ ।  मन्त्रालयको परिपत्रलाई उलङ्घन गर्दै कार्यालय प्रमुख लुइँटेलले गाडी कम्पनीको स्वार्थका लागि सवारी दर्ता गरी दिएका हुन ।  दशैका बेला नयाँ सवारी साधन खरिद अत्यधिक हुने गर्छ ।  कार्यालयले सेवा दिन नसक्ने भएपछि कार्यालय प्रमुखसङको सेटिङमा नयाँ सवारी साधनको दर्ता गरिएको श्रोतले जनाएको छ । 
 
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशीका अनुसार असोज ५ गते ५ सय र ७ गते १ सय चार पाङ्ग्रे र २ पाङ्ग्रे सवारीका साधन दर्ता भएको छ । मन्त्रालयका अनुसार दर्ता लाग्ने राजस्व भने जम्मा भएको छ ।
कुन कुन कम्पनीका कति नयाँ सवारी दर्ता भए भन्ने रुजु भई रहेको जनाएको छ । 
 
नयाँ सवारी दर्ता गर्न बैकमा राजस्व जम्मा भए पनि सवारी कार्यालयले सफ्टवेयरबाट अनुमति दिन पर्छ । नयाँ सवारी दर्ताका लागि यातायात व्यवस्था कार्यालय सवारी कोसीको युजर आइडी प्रयोग भएको देखिएको मन्त्रालयले जनाएको छ ।यातायात व्यवस्था कार्यालय सवारी सुनसरी कार्यालयका प्रमुख बाबुराम लुइँटेलले नयाँ सवारी दर्ता भएको स्वीकार गरे । उनले गाडी कम्पनीले बैकमा राजस्व जम्मा गरेका कारण नयाँ सवारी दर्ता भएको बताए ।  उनले सवारी दर्ता गर्ने यातायात व्यवस्था विभागको सफ्टवेयर रिम्स र मन्त्रालयको सफ्टवेयर भीआरएस प्रयोग भएको बताए । 
 
कहाँ बाट र कसले सफ्टवेयर सञ्चालन गरेको विषयमा चाहिँ भेटेर भन्ने बताए । उनले भने ,भोली दाजु भाइ बसेर कुरा गरौला । अहिले म घरमा छु ।
लुइँटेल यातायात व्यवस्था कार्यालय बिर्तामोडमा विवादमा तानिएपछि मन्त्रालय तानिएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]