• असोज ९, २०८२
  • जुनकिरी खबर

इटहरीमा कुटपिटबाट एक युवकको हत्या

alt

इटहरी उपमहानगरपालिका–१६, उब्दीमा सामान्य लेनदेनको विवाद ज्यान लिने घटनामा परिणत भएको छ। बुधबार राति करिब ९ः३० बजे स्थानीय ४२ वर्षीय रामकुमार चौधरीको कुटपिटका कारण मृत्यु भएको हो। प्रहरीका अनुसार सोही स्थानका करिब ५०–५५ वर्षीय लाल चौधरीले लेनदेनको विषयमा वादविवाद गर्ने क्रममा रामकुमारलाई कुटपिट गरेका थिए। कुटपिटका क्रममा टाउकोमा गम्भीर चोट लागेपछि उनको अवस्था गम्भीर बनेको थियो।

घाइते चौधरीलाई परिवारले तत्कालै इटहरीस्थित सान्वी सिटी अस्पताल पुर्‍याए। तर, सामान्य उपचारपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो।

सोही अस्पतालमा उपचारकै क्रममा राति ११ः२० बजेतिर उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहाको कमाण्डमा टोली खटिएको थियो। घटनामा संलग्न लाल चौधरीलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। हाल मृतकको शव अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]