जेनजी आन्दोलनपश्चात् आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भएको इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको भवनमै सोमबार १५० औं कार्यपालिका बैठक सम्पन्न भएको छ। बैठकले नगरवासीको सुरक्षालाई प्राथमिकता दिंदै शान्ति, जनसुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ चारवटा महत्वपूर्ण निर्णय गरेको छ।
जसले इटहरीभित्रको भीडभाड, दुर्घटना नियन्त्रण र सुगम यातायातमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसैगरी, जेनजी आन्दोलनका क्रममा इटहरीमा शहादत प्राप्त गरेका व्यक्तिहरूका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको छ।
नगरको सुरक्षालाई प्राथमिकता दिँदै बैठकले अत्यावश्यक दमकल खरिद गरी तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेको मेयर पौडेलले जानकारी दिए। जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरको दमकलसहित सवारीसाधन, मेयर बस्ने भवनसहत अन्य भौतिक संरचनामा आगजनीले पूर्ण क्षति भएको छ। दमकल अभावले आगलागी नियन्त्रणमा चुनौतीपूर्ण अवस्था रहेको उल्लेख गर्दै यसलाई तत्काल समाधान गर्ने निर्णय गरिएको हो।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved