• असोज १३, २०८२
  • जुनकिरी खबर

इटहरी उपमहानगरले तत्काल दमकल खरिद गर्ने

alt

जेनजी आन्दोलनपश्चात् आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भएको इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको भवनमै सोमबार १५० औं कार्यपालिका बैठक सम्पन्न भएको छ। बैठकले नगरवासीको सुरक्षालाई प्राथमिकता दिंदै शान्ति, जनसुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ चारवटा महत्वपूर्ण निर्णय गरेको छ।

निर्णयअनुसार शान्ति, सुरक्षा सुदृढ गर्न इलाका प्रहरीलाई उपयुक्त स्थान खोजी व्यवस्थापन गरिनेछ। मेयर हेमकर्ण पौडेलका अनुसार नगर ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ट्राफिक प्रहरीलाईसमेत सोही स्थानबाट सेवा प्रवाह गर्ने व्यवस्था गरिने निर्णय भएको छ ।

जसले इटहरीभित्रको भीडभाड, दुर्घटना नियन्त्रण र सुगम यातायातमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसैगरी, जेनजी आन्दोलनका क्रममा इटहरीमा शहादत प्राप्त गरेका व्यक्तिहरूका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको छ।

नगरको सुरक्षालाई प्राथमिकता दिँदै बैठकले अत्यावश्यक दमकल खरिद गरी तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेको मेयर पौडेलले जानकारी दिए। जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरको दमकलसहित सवारीसाधन, मेयर बस्ने भवनसहत अन्य भौतिक संरचनामा आगजनीले पूर्ण क्षति भएको छ। दमकल अभावले आगलागी नियन्त्रणमा चुनौतीपूर्ण अवस्था रहेको उल्लेख गर्दै यसलाई तत्काल समाधान गर्ने निर्णय गरिएको हो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]