• असोज १९, २०८२
  • जुनकिरी खबर

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा करोडौँको क्षति

alt

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका इटहरी र दुहबी खण्डमा पर्ने उद्योगहरू डुबानमा परेका छन् । स्थानीय ट्याङ्ग्रा खोलामा आएको बाढी उद्योगहरूमा पस्दा करोडौँको क्षति पुगेको छ । इटहरी स्थित रिलायन्स स्पिनिङ्ग मिल्समा खोलाको बाढी पसेको छ ।
 
बाढी पस्दा उद्योगमा डुबान भएको छ । यस्तै सुनसरीको दुहबी स्थित अरिहन्त मल्टी फाइबर्स लिमिटेड बाढीका कारण डुबानमा परेको छ।  ट्याङ्ग्रा खोलामा आएको बाढी उद्योगको पर्खाल भत्काएर उद्योगमा पसेपछि उद्योग जलमग्न भएको हो। उद्योग डुबानमा पर्दा २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
 
उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईँका अनुसार अविरल वर्षापछि खोलामा आएको बाढीले उद्योग परिसरमा पसेर तयारी जुट सामग्री, कच्चा पदार्थ र मेशिनरी उपकरणहरू पूर्ण रूपमा डुबाएको छ। यसै गरी इटहरीमा रहेको प्रगति टेक्सटाइलमा पनि खोलाको पानी पसेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]