प्रहरी चौकी तरहरामा सरेको इलाका प्रहरी कार्यालय इटहरीको अस्थायी कार्यालय इटहरी रगंशालामा हप्ता दिन भित्र तयार हुने भएको छ । रगंशालाको जीवनयोग प्रयोगशाला र ज्येष्ठ नागरिकको दुई तले भवनलाई इटहरी उपमहानगरले अस्थायी रूपमा इटहरी प्रहरीलाई कार्यालय प्रयोजनको लागि प्रदेश खेलकुद बिकास वोर्डसँग सहजीकरण गरेपछि अहिले इलाका प्रहरीको कार्यालय धमाधम बनाउने कार्य भइरहेको छ । रगंशालाको तीनवटा संरचनालाई हाल प्रहरी कार्यालय सञ्चालनको लागि उपलब्ध गराइएको छ ।
जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको कार्यालय तत्काल पुनर्निर्माण गरेर सञ्चालन गर्न नसकिने अवस्थाका बिच इटहरी उपमहानगरको कार्यपालिका बैठकले रगंशालामा अस्थायी रूपमा ठाउँ उपलब्ध गराएपछि प्रहरी कार्यालय बनाउने काम धमाधम भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमाल बताउँछन् ।
यता उपमहानगरले बनाएको प्रहरी प्रशासन पुनर्स्थापना सहयोग समितिका संयोजक एवम् इटहरी वडा नं. ९ का अध्यक्ष जितेन थापाले करिब १० लाख रुपैयाँको अनुमानित खर्चमा इलाका प्रहरीको भवन बनाउने काम भइरहेको बताए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved