• असोज २६, २०८२
  • जुनकिरी खबर

स्टोन स्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण आयोजना हुने

alt

सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आगामी कात्तिक ३ गते  स्टोनस्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण हुने भएको छ । चतरा हाइकिङ समूह र अमाह सिमसारको संयुक्त आयोजनामा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता भन्ने नाराका साथ सो आयोजना हुन लागेको आयोजकले जनाएको छ । जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्धनु भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र र ट्रफी पाउने छन् । शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आयोजक चतरा हाइकिङ समूहले  प्रतियोगिताबारे जानकारी दिएको हो ।  आयोजक समितिका संस्थापक नवराज विष्टका अनुसार यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा खेलिन्छ। उनका अनुसार चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर खेलिने यस खेलमा ढुङ्गा कति पटक उफ्रिन्छ त्यसैको आधारमा विजेता छनोट गरिन्छ ।

विश्वका विभिन्न देशमा यो प्रतियोगिता हुँदै आएको छ । नेपालमा भने यो खेलको प्रतियोगिता हुन थालेको एक वर्ष भएको विष्टले दाबी गरे । विश्वव्यापी रूपमा लोकप्रिय यो खेल अमेरिका, आयरल्यान्ड र स्कटल्यान्डमा वार्षिक रूपमा आयोजना हुँदै आएको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्ड अनुसार अमेरिकी नागरिक कर्ट स्टेइनरले सन् २०१३ मा एउटै ढुङ्गालाई ८८ पटक उफारेर विश्व कीर्तिमान कायम गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]