• कार्तिक २, २०८२
  • जुनकिरी खबर

महायुगमाथि इटहरीमा विमर्श

alt

 सीमा आभासको नयाँ उपन्यास महायुगमाथि इटहरीमा विमर्श कार्यक्रम आयोजना गरिएको छ ।  भर्खरै बजारमा आएको उपन्यासका विषयमा इटहरीमा विमर्श गरिएको हो । शनिबार सञ्चारिका समूह सुनसरीले आयोजना गरेको कार्यक्रममा कविद्धय मनु मञ्जिल र टीका आत्रेय र  समालोचक डा. अस्मिता विष्टले पुस्तकका बारेमा धारणा राखे ।

 

कार्यक्रममा पुस्तक माथी बोल्दै कवि टिका आत्रेयले महायुगभित्रका हरेक पात्रहरू आफैमा विश्वविद्यालय रहेको टिप्पणी गरिन् । उनले भनिन्, ‘महायुगभित्रका हरेकजसो पात्रहरू विश्वविद्यालय हुन् । यहाँ उदृत गरिएका पात्रहरूको भूमिकाले उपन्यास सशक्त बनेको छ ।’

 

पुस्तकको विषयवस्तु माथी आफ्नो धारणा राख्दै समिक्षक डा. अस्मिता विष्टले नारीको सृजनालाई पुरुषले कब्जा गरेको टिप्पणी गरिन् । महिलाहरुको सृजनालाई आफ्नो भन्दै पुरुषहरुले कब्जा गरिएको बताइन् । 

यो पुस्तकले ती पुरुषहरुको सत्ता भत्काउन महिलाहरुको शक्ति स्थापित गर्ने प्रयास गरेका कारण यो महिलावादी पुस्तक भएको बताइन्  ।

यस्तै कवि मनु मञ्जिलले उपन्यासमा लेखकको कल्पनाशक्ति प्रचुर रहेको बताए । लेखकको कल्पनाको उडानले नयाँ महायुगको सृजना गरेको बताए । 

उनले भने, ‘नारी भाषालाई जगाउनका लागि शक्ति आर्जन गनुपर्नेरहेछ । लेखक आभासले महायुगमा त्यो शक्ति सञ्चय गर्नुभएको छ ।’

कार्यक्रमको दोस्रो सेसनमा लेखकसँगै पुस्तकका विषयमा विमर्श गरिएको थियो । जसको समन्वय प्रज्वल पराजुलीले गरेका थिए । कार्यक्रममा उपस्थित भएका साहित्यप्रेमीहरुले राखेका जिज्ञासा तथा प्रश्नहरुको लेखक आभासले सम्बोधन गरेकी थिइन् । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]