• कार्तिक २, २०८२
  • जुनकिरी खबर

महायुगमाथि इटहरीमा विमर्श

alt

 सीमा आभासको नयाँ उपन्यास महायुगमाथि इटहरीमा विमर्श कार्यक्रम आयोजना गरिएको छ ।  भर्खरै बजारमा आएको उपन्यासका विषयमा इटहरीमा विमर्श गरिएको हो । शनिबार सञ्चारिका समूह सुनसरीले आयोजना गरेको कार्यक्रममा कविद्धय मनु मञ्जिल र टीका आत्रेय र  समालोचक डा. अस्मिता विष्टले पुस्तकका बारेमा धारणा राखे ।

 

कार्यक्रममा पुस्तक माथी बोल्दै कवि टिका आत्रेयले महायुगभित्रका हरेक पात्रहरू आफैमा विश्वविद्यालय रहेको टिप्पणी गरिन् । उनले भनिन्, ‘महायुगभित्रका हरेकजसो पात्रहरू विश्वविद्यालय हुन् । यहाँ उदृत गरिएका पात्रहरूको भूमिकाले उपन्यास सशक्त बनेको छ ।’

 

पुस्तकको विषयवस्तु माथी आफ्नो धारणा राख्दै समिक्षक डा. अस्मिता विष्टले नारीको सृजनालाई पुरुषले कब्जा गरेको टिप्पणी गरिन् । महिलाहरुको सृजनालाई आफ्नो भन्दै पुरुषहरुले कब्जा गरिएको बताइन् । 

यो पुस्तकले ती पुरुषहरुको सत्ता भत्काउन महिलाहरुको शक्ति स्थापित गर्ने प्रयास गरेका कारण यो महिलावादी पुस्तक भएको बताइन्  ।

यस्तै कवि मनु मञ्जिलले उपन्यासमा लेखकको कल्पनाशक्ति प्रचुर रहेको बताए । लेखकको कल्पनाको उडानले नयाँ महायुगको सृजना गरेको बताए । 

उनले भने, ‘नारी भाषालाई जगाउनका लागि शक्ति आर्जन गनुपर्नेरहेछ । लेखक आभासले महायुगमा त्यो शक्ति सञ्चय गर्नुभएको छ ।’

कार्यक्रमको दोस्रो सेसनमा लेखकसँगै पुस्तकका विषयमा विमर्श गरिएको थियो । जसको समन्वय प्रज्वल पराजुलीले गरेका थिए । कार्यक्रममा उपस्थित भएका साहित्यप्रेमीहरुले राखेका जिज्ञासा तथा प्रश्नहरुको लेखक आभासले सम्बोधन गरेकी थिइन् । 

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]