• कार्तिक ८, २०८२
  • जुनकिरी खबर

इटहरीमा दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती गम्भीर

alt

इटहरी उपमहानगरपालिका–१२ संविधान चोक नजिक कोशी लोकमार्गमा शुक्रबार सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन्।इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४२६८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको को २ ह ५६९४ नम्बरको अटोलाई ठक्कर दिँदै पुनः विपरीत दिशाबाट आउँदै गरेको प्र. २–०२–००१ प १६१२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका–७ का ४७ वर्षीय गोकुलराज भण्डारीको मृत्यु भएको हो । घटनामा ३६ वर्षीया गीता श्रेष्ठ गम्भीर घाइते भएकी छन् । उनीहरू श्रीमान–श्रीमती रहेको प्रहरीले पुष्टि गरेको छ ।

दुवै जनालाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज शिक्षण अस्पताल बूढीगंगा मोरङ पठाइएकोमा गोकुलराजको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। गीताको सोही अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमपछि छोरी सोनी प्रधानले बुझेकी छन् ।

बस चालक धरान उपमहानगरपालिका–८ का ५८ वर्षीय लोकनाथ भट्टराईलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको छ। त्यस्तै, दुर्घटनामा संलग्न अटो चालक इटहरी–५ का २४ वर्षीय सृजन कुमार राई र अटो प्रहरी चौकी खनारको नियन्त्रणमा छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]