• कार्तिक १२, २०८२
  • जुनकिरी खबर

मारवाडी सेवा समिति इटहरीको अध्यक्षमा श्यामसुन्दर

alt

मारवाडी सेवा समिति इटहरीको अध्यक्षमा श्यामसुन्दर अग्रवाल (डोकानिया) निर्वाचित भएका छन्। मंगलबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न नवौँ साधारण सभामा अग्रवालले अन्य दुई प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्। अध्यक्ष पदमा निर्वाचित श्यामसुन्दर अग्रवालले १२५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी प्रवीण विहारी खेतानले ३ मत र प्रदीपकुमार सन्थालियाले ८५ मत ल्याए।
 
समितिका कुल ३१० मतदातामध्ये २५२ जनाले मतदान गरेका थिए। तीमध्ये ३९ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
 
निर्वाचित अध्यक्ष अग्रवालले आफ्नो कार्यकालमा सम्पूर्ण सदस्यबिच एकता र सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनले भने, “समितिलाई एक ढिक्का बनाएर सामाजिक सेवामा उदाहरणीय संस्था बनाउने सङ्कल्प लिएको छु।”
 
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष दिवस पोखरेलले देशको अर्थतन्त्रमा मारवाडी समुदायको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएका थिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]