• कार्तिक १८, २०८२
  • जुनकिरी खबर

झुम्का कारागारबाट भागेकामध्ये पाँच सयभन्दा बढी अझै फरार

alt

भदौ २४ गते जेनजी आन्दोलनपछि सुनसरीको झुम्का कारागारबाट एकैपटक बाहिरिएका कैदीबन्दीमध्ये धेरैले आत्मसमर्पण गरेर पुनः कारागार प्रवेश गरिसकेका छन् । तर अझै पनि पाँच सय ७२ जना फरार कैदीबन्दी सम्पर्कविहीन छन् । जसले सुरक्षा निकायका लागि चुनौती सिर्जना गरेको छ । कारागार प्रमुख सुवास लामिछानेका अनुसार हालसम्म एक हजार २५९ जना कैदीबन्दीले स्वेच्छाले फर्किएका छन् । तर बाँकी पाँच सयभन्दा बढी अझै विभिन्न ठाउँमा लुकीछिपी बसिरहेको अनुमान गरिएको छ ।

फरारमध्ये ४९ जना भारतीय नागरिक रहेको पुष्टि भएको छ । झुम्कामा रहेका ६१ भारतीय कैदीमध्ये १२ जना मात्र फर्किएका छन् । बाँकी कैदी कहाँ गए भन्नेबारे प्रशासनसँग ठोस जानकारी छैन ।

कारागारमा आन्दोलन सुरु भएको राति ठूलो भीड र सुरक्षा व्यवस्थाको अभावबीच एक हजार ७९६ जना कैदीबन्दी बाहिरिएका थिए । त्यसपछि प्रहरी, सशस्त्र र प्रशासनले संयुक्त खोजी अभियान चलाउँदै आएका छन् ।

प्रशासनले असोज २० गतेसम्म आत्मसमर्पण गर्न सूचना जारी गरेको थियो, तर म्याद सकिएपछि पनि सयौं कैदी फर्किएका छैनन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]