• कार्तिक २२, २०८२
  • जुनकिरी खबर

तीन दिन सीमानाका बन्द हुने

alt

सीमावर्ती बिहार राज्यमा हुन लागेको दोस्रो चरणको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाकामा आवागमन बन्द गरिने भएको छ ।शनिबार बेलुकादेखि तीन दिनसम्म नाका बन्द हुनेछ ।

कार्तिक २५ गते हुन लागेको बिहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै शनिबार साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म सीमानाकामा आवागमन बन्द रहने भएको हो ।

शान्ति सुरक्षा व्यवस्थापनका लागि कार्तिक २२ गते साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म आकस्मिकबाहेक पूर्णतः आवतजावत बन्द रहने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले जानकारी दिए ।

सुरक्षालाई ध्यान दिँदै भारतीय पक्षबाट सीमानाका बन्द गरिदिन आग्रह भएपछि आगामी ७२ घण्टाका लागि अत्यावश्यक बाहेकका सबै किसिमका आवतजावत बन्द गरिएको श्रेष्ठले जानकारी दिए । दोस्रो चरणको निर्वाचनमा सीमावर्ती जिल्ला लगायत १ सय २१ विधान सभा सिटका लागि १ हजार ३ सय २ जना उमेदवारबीच प्रतिस्पर्धा हुन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]