• भदौ १४, २०७६
  • जुनकिरी खबर

डेंगुबाट संक्रमित बिरामीहरुको निःशुल्क उपचार गर्ने मन्त्रीको भनाइ

alt

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले डेंगुबाट संक्रमण भएका विरामीहरुलाई सरकारले निःशुल्क उपचार गर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक साक्षात्कारमा उहाँले भन्नुभयो, ‘यसको उपचारको लागि सरकार पूर्व तयारीमा छ । कुनैपनि विरामीलाई एक रुपैयाँपनि उपचारको लागि पैसा लाग्दैन् । यसबाट कसैको पनि मृत्यु हुँदैन् ।’

राज्यमन्त्री यादवले पछिल्लो समय मुलुकमा डेंगुको समस्या विकराल भएको सुनाउनुभयो । आफूहरुले यसबाट बच्नको लागि अभियान नै चलाएको पनि उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यसको लागि हामीले प्रत्येक प्रदेशलाई ८० लाख रुपैयाँ र गाउँपालिकाहरुलाई दश लाख दिएका थियौं ।’

उहाँले लार्भाहरुबाट डेंगुको संक्रमण हुने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘यसले टाईडर मस्क्युटो बनाउँछ ।’ डेंगु नियन्त्रणको लागि नेपाली सेना प्रयोग गर्ने कुरा नभएको पनि मन्त्री यादवले स्पष्ट पार्नुभयो । डेंगुबाट प्रभावितहरुलाई काठमाडौंको टेकु अस्पतालमा ३२ जनालाई निःशुल्क उपचार गरिएको पनि उहाँले जनाउनुभयो ।

फरक प्रसँगमा मन्त्री यादवले मुलुकमा संघीयता कार्यान्वयनको चरणमा रहेपनि अहिलेसम्म तीन चरणका सरकारबीच कुनै सहकार्य नदेखिएको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले तीन तहबीच जसरी सहकायर्ए हुनुपर्दथ्यो, त्यो भएको देखिएन् ।’

यद्धपी उहाँले पछिल्लो समय मुलुकमा आइपरेका विभिन्न प्राकृतिक विपदमा भने प्रान्तबाट राम्रो काम भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘बाढी, पहिरो र डुबानकै कुरा गर्दापनि विपतिमा स्थानीय तहबाट पनि राम्रो तदारुकता देखाईएको थियो । विगत वर्षमा विपतिको बेलामा केन्द्रबाट निर्णय लिँदा ढिलाई हुन्थ्यो, तर यो वर्ष त्यस्तो भएन् ।’

उहाँले २ नम्बर प्रदेशमा भ्रष्टाचार भयो भनेर बाहिर टिप्पणी भइरहेको सुनाउँदै अझैपनि प्रदेशले कर्मचारी नपाएको गुनासो पोख्नुभयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]