• कार्तिक २५, २०८२
  • जुनकिरी खबर

इटहरी रंगशालाबाट सुरु भयो इलाका प्रहरी कार्यालयको सेवा

alt

इटहरी । जेनजी आन्दोलनका क्रममा आगलागीमा भवन क्षतिग्रस्त भएपछि ६२ दिनदेखि वैकल्पिक स्थानबाट सेवा प्रवाह गर्दै आएको इलाका प्रहरी कार्यालय इटहरी अब रंगशालाभित्र रहेको अस्थायी नयाँ कार्यालयबाट औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ। नयाँ अस्थायी कार्यालय पुरानो जलेको भवन र तरहरा प्रहरी चौकीको संरचनाभन्दा फराकिलो तथा व्यवस्थित रहेको प्रहरीले जनाएको छ।

कार्यालयमा १५० जनासम्म थुनुवा राख्न सकिने क्षमता भएको नयाँ हिरासत कक्षसहित सबै शाखाका लागि प्रत्येक विभागअनुसार छुट्टाछुट्टै कोठा निर्माण गरिएको डीएसपी सुवास हमालले जानकारी दिए। उनका अनुसार कार्यालयको औपचारिक उद्घाटन केही दिनभित्र गर्ने तयारी भइरहेको छ। भदौ २४ गते जेनजी आन्दोलनमा भवन ध्वस्त भएपछि तरहरा प्रहरी चौकीबाट अस्थायी रूपमा सेवा प्रदान गरिदैँ आएको थियो।

यसअघि इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापाको संयोजकत्वमा सहयोग समितिको कार्यप्रारम्भ सुरु गरिएको थियो। यसैगरी ८ नं। का वडाध्यक्ष रोहित चौधरी, १० नं। वडाका वडाध्यक्ष अवधेश कुमार चौधरी, अनुरोध थापा, नागरिक समाजका पूर्व अध्यक्ष सन्त डुम्जन सदस्य रहेका थिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]