• मंसिर १, २०८२
  • जुनकिरी खबर

इटहरीका सार्वजनिक शौचालय अलपत्र

alt

इटहरी उपमहानगरपालिकाको हाता भित्र निर्माणाधीन सार्वजनिक शौचालय अलपत्र अवस्थामा छ । शिलान्यास भएको ६ वर्ष पुरा हुँदा समेत निर्माण सम्पन्न हुन नसकेको हो । इटहरीमा सार्वजनिक शौचालयको व्यापक माग भएपछि तत्कालीन मेयर द्वारिकलाल चौधरीले शिलान्यास गरेको शौचालय वर्तमान मेयर हेमकर्ण पौडेलले उद्घाटन गर्न नपाउने अवस्थामा पुगेको छ । 
 
पौडेलेको कार्यकाल डेढबर्ष पनि बाँकी नरहेको अवस्थामा शौचालय निर्माण सम्पन्न हुने छाँट देखिएको छैन । कोरोना महामारीकै बिच २०७६ साल पुस १७ गते इटहरी उपमहानगरपालिका र अङ्कित निर्माण सेवाबिच सम्झौता भएको थियो । ६३ लाख ६७ हजार लागतमा निर्माण हुन लागेको शौचालय २०७७ जेठ ३० गते भित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । 
 
कोभिड महामारीलाई देखाएर म्याद थप भए पनि पछिल्लो कार्यकालमा थप प्रगति हुन सकेको छैन । यसअघि आफ्नो कार्यकालको अन्त्यमा २०७८ फागुनमा तत्कालीन मेयर द्वारिकालाल चौधरीले शौचालय निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको बताएका थिए । पूर्व मेयरकै दाबीलाई आधार मान्दा ४ वर्षमा १० प्रतिशत काम पनि सम्पन्न हुन सकेन । २०७९ वैशाखको निर्वाचन पछि नयाँ जनप्रतिनिधि आएपनि शौचालय पुरानै अवस्थामा छ । निर्माणाधीन शौचालयमा एकै पटक १५ जनाले प्रयोग गर्न सक्ने गरी बगैँचा, वाटर फाउन्टेन सेन्सर प्रविधिको धारा र ढोका रहने छन् ।
 
२०७९ असार २५ गते सम्ममा निर्माण सम्पन्न हुने दाबी गरेको उपमहानगरपालिकाले त्यसयता अन्य दुई वटा शौचालय निर्माण गरिसकेको छ । पूर्व बस स्टेण्ड र इटहरीको मुख्य चोकमा निर्माण सम्पन्न भएका शौचालयहरू प्रयोगमा आइरहेका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]