• मंसिर १, २०८२
  • जुनकिरी खबर

इटहरीका सार्वजनिक शौचालय अलपत्र

alt

इटहरी उपमहानगरपालिकाको हाता भित्र निर्माणाधीन सार्वजनिक शौचालय अलपत्र अवस्थामा छ । शिलान्यास भएको ६ वर्ष पुरा हुँदा समेत निर्माण सम्पन्न हुन नसकेको हो । इटहरीमा सार्वजनिक शौचालयको व्यापक माग भएपछि तत्कालीन मेयर द्वारिकलाल चौधरीले शिलान्यास गरेको शौचालय वर्तमान मेयर हेमकर्ण पौडेलले उद्घाटन गर्न नपाउने अवस्थामा पुगेको छ । 
 
पौडेलेको कार्यकाल डेढबर्ष पनि बाँकी नरहेको अवस्थामा शौचालय निर्माण सम्पन्न हुने छाँट देखिएको छैन । कोरोना महामारीकै बिच २०७६ साल पुस १७ गते इटहरी उपमहानगरपालिका र अङ्कित निर्माण सेवाबिच सम्झौता भएको थियो । ६३ लाख ६७ हजार लागतमा निर्माण हुन लागेको शौचालय २०७७ जेठ ३० गते भित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । 
 
कोभिड महामारीलाई देखाएर म्याद थप भए पनि पछिल्लो कार्यकालमा थप प्रगति हुन सकेको छैन । यसअघि आफ्नो कार्यकालको अन्त्यमा २०७८ फागुनमा तत्कालीन मेयर द्वारिकालाल चौधरीले शौचालय निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको बताएका थिए । पूर्व मेयरकै दाबीलाई आधार मान्दा ४ वर्षमा १० प्रतिशत काम पनि सम्पन्न हुन सकेन । २०७९ वैशाखको निर्वाचन पछि नयाँ जनप्रतिनिधि आएपनि शौचालय पुरानै अवस्थामा छ । निर्माणाधीन शौचालयमा एकै पटक १५ जनाले प्रयोग गर्न सक्ने गरी बगैँचा, वाटर फाउन्टेन सेन्सर प्रविधिको धारा र ढोका रहने छन् ।
 
२०७९ असार २५ गते सम्ममा निर्माण सम्पन्न हुने दाबी गरेको उपमहानगरपालिकाले त्यसयता अन्य दुई वटा शौचालय निर्माण गरिसकेको छ । पूर्व बस स्टेण्ड र इटहरीको मुख्य चोकमा निर्माण सम्पन्न भएका शौचालयहरू प्रयोगमा आइरहेका छन् । 

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]