• मंसिर १, २०८२
  • जुनकिरी खबर

इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार

alt

इटहरी उपमहानगरपालिका–१२ स्थित एक घरबाट ठूलो परिमाणको प्रतिबन्धित र नियन्त्रित औषधी बरामद गरिएको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले फार्मेसी सञ्चालक श्रीमान–श्रीमतीलाई पक्राउ गरेको हो। नसिव फार्मेसीमार्फत लागूऔषध बिक्री–वितरण भइरहेको जानकारी पाएपछि प्रहरी टोलीले फार्मेसी सञ्चालक ५० वर्षीय नसिव नारायण चौधरीको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्लास्टिकको बोराभित्र लुकाइछिपाइ राखिएको प्रतिबन्धित औषध ट्रामाडोल १९ हजार ८०० क्याप्सुल र नियन्त्रित औषध डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त परिमाणको औषधी बरामद भएपछि चौधरीसहित उनकी श्रीमती सम्झना चौधरीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ।

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]