• मंसिर १, २०८२
  • जुनकिरी खबर

इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार

alt

इटहरी उपमहानगरपालिका–१२ स्थित एक घरबाट ठूलो परिमाणको प्रतिबन्धित र नियन्त्रित औषधी बरामद गरिएको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले फार्मेसी सञ्चालक श्रीमान–श्रीमतीलाई पक्राउ गरेको हो। नसिव फार्मेसीमार्फत लागूऔषध बिक्री–वितरण भइरहेको जानकारी पाएपछि प्रहरी टोलीले फार्मेसी सञ्चालक ५० वर्षीय नसिव नारायण चौधरीको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्लास्टिकको बोराभित्र लुकाइछिपाइ राखिएको प्रतिबन्धित औषध ट्रामाडोल १९ हजार ८०० क्याप्सुल र नियन्त्रित औषध डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त परिमाणको औषधी बरामद भएपछि चौधरीसहित उनकी श्रीमती सम्झना चौधरीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]