• मंसिर ६, २०८२
  • जुनकिरी खबर

इटहरीमा अनधिकृत उठाइन्छ पार्किङ शुल्क !

alt

इटहरी उपमहानगरपालिकाले अनधिकृत रूपमा पार्किङ शुल्क असुल्ने गरेको छ । राजमार्गमा गुडिरहेको गाडीलाई रोकेर जबरजस्ती पार्किङ शुल्क असुल्ने उपमहानगरपालिकाको गतिविधि कानुन विपरीत रहेको पाइएको हो ।

पार्किङ शुल्कको विषयलाई लिएर शुक्रवार म्याजीक (सानो यात्रुवाहक गाडी) स्टेण्डमा लफडा भयो । बिहीबार दिउँसो पार्किङ शुल्क असुल्ने कन्स्ट्रक्सनका कर्मचारीले म्याजीक ड्राइभरलाई हातपात गरेपछि आक्रोशित ड्राइभरहरूले उपमहानगरपालिका घेराउ गरेका हुन् ।

उपमहानगरपालिका अवैधानिक रूपमा पैसा असुलेको र भौतिक आक्रमण समेत गरेको कारण आक्रोशित व्यवसायीहरूले कानुनी उपचार खोज्न इलाका प्रहरी कार्यालय इटहरी सम्म पुगे । प्रहरीले दुवै पक्षलाई राखेर सहमति गराइसकेको बताएको छ ।

आन्तरिक आय सङ्कलन तथा व्यवस्थापनको लागि उपमहानगरपालिकाले नमुना कन्स्ट्रक्सन सँग सम्झौता गरेको छ । पाँचबर्षको लागि बसपार्कको टर्मिनल भवन तथा पार्किङ ठेक्का नमुना कन्स्ट्रक्सन सँग सम्झौता गरेर रकम सङ्कलन गर्न थालेको हो ।

आर्थिक वर्ष २०८२/८३ देखि आर्थिक वर्ष २०८६/८७ सम्मको लागि एकै पटक ठेक्का लागेको छ । एकै पटक पाँचबर्षको लागि सम्झौता भएपछि विरोध भएपनि उपमहानगरपालिकाले कुनै सुनुवाइ गरेन । वार्षिक २ करोड १५ लाख बुझाउनुपर्ने र प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले ठेक्का रकम बढ्ने बोलपत्रमै उल्लेख गरिएको हो ।

टर्मिनल भवनको तीन तला र रुफटफको पनि प्रयोग गर्न पाउने गरी ठेक्का सम्झौता भएको छ । टर्मिनल बाहेकका पार्किङ स्थल र राजमार्ग बाहेकका भित्री सडकको पार्किङ उठाउने जिम्मा कम्पनीले पाएको छ ।

कम्पनीले मुख्य राजमार्गको क्षेत्रमा भने शुल्क लिन नपाउने गरी सम्झौता भएको छ । तर सम्झौता विपरीत शुल्क लिएपछि बस तथा म्याजीक व्यवसायीहरूले विरोध जनाइरहेका छन् । भारतीय देखि नेपाली गाडी सबैलाई जबरजस्ती रोकेर शुल्क लिने गरेको गुनासो छ।सोही गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि राजमार्गमा पैसा उठाएको विषयमा सचेत गराएको छ । २०८१ कात्तिकमा गृह मन्त्रालयले राजमार्गमा रकम सङ्कलन गर्ने काम बन्द गराउन जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो ।

२०८२ असार ३० गते सम्पूर्ण स्थानीय तहलाई पत्राचार गर्दै जिल्ला प्रशासनले राजमार्गमा कर नउठाउन पत्राचार गरिसकेको छ । तथापि इटहरी उपमहानगरपालिकाको संरक्षणमा अनधिकृत पार्किङ शुल्क असुली भइरहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]