• मंसिर ८, २०८२
  • जुनकिरी खबर

नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

alt

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नाकको शल्यक्रिया गराएपछि इटहरी–१ का ७ वर्षीय जेनिश पाठकले दाहिने आँखाको ज्योति गुमाएका छन्। परिवारले शल्यक्रियाका क्रममा गम्भीर लापरबाही भएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन्। जेनिशको नाकभित्र पलाएको मासु (पोलिप) निकाल्ने शल्यक्रिया मंसिर ५ गते गरिएको थियो। परिवारका अनुसार शल्यक्रियापछि नै बालकको दाहिने आँखाको दृष्टि हराइसकेको थियो।

भोलिपल्ट अस्पतालले अवस्था गम्भीर हुँदाहुँदै हतारमा डिस्चार्ज गरेको परिवारको दाबी छ। जेनिशका मामा श्रीकृष्ण प्रसाईंले भने, “सिकारु डाक्टरलाई अप्रेशनको जिम्मा दिइएको रहेछ । आँखामा समस्या देखिएपछि अस्पतालले न आफैं उपचारको पहल गर्‍यो, न विस्तृत जानकारी दियो, उल्टै भोलिपल्ट आँखा अस्पताल लैजाऊ भन्दै डिस्चार्ज गरिदियो।”

उनका अनुसार विभागीय प्रमुखले सर्जरी गर्ने आश्वासन दिए पनि प्रशिक्षणरत चिकित्सकले अप्रेशन गरेका थिए । नोबेलबाट डिस्चार्ज गरिएपछि जेनिशलाई विराटनगर आँखा अस्पताल, रानीमा भर्ना गरिएको थियो। चिकित्सकहरूले दाहिने आँखाको भित्री भाग र हड्डीसहित संरचना क्षतिग्रस्त भएकाले ज्योति फर्कने सम्भावना अत्यन्त कम रहेको बताएका छन्।

घटनापछि परिवारले शल्यक्रियामा संलग्न चिकित्सक डा. प्रज्वल श्रेष्ठ र कविराज बास्तोलामाथि कारबाहीको माग गर्दै प्रशासनमा उजुरी दर्ता गराएका छन्। प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले उजुरीका आधारमा छानबिन अघि बढाइएको बताए।

यता, उपचारमा लापरबाहीबारे बुझ्न खोज्दा नोबेल मेडिकल कलेज प्रशासन सम्पर्कमा आएन।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]