• मंसिर १६, २०८२
  • जुनकिरी खबर

जनता क्याम्पसमा पुस ५ र ६ गते अन्तर्राष्ट्रिय सम्मेलन

alt

उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्वका लागि इटहरीमा पुस ५ र ६ गते हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रूपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनका लागि मंसिर १४ गते सम्ममा अनलाइन माध्यमबाट ६० वटा अवधारणपत्र दर्ता भइसका छन् ।

देश तथा विदेशका विश्वविद्यालय, क्याम्पस, अनुसन्धान प्रतिष्ठान, उच्चशिक्षाका सरोकारवाला संस्था, प्राध्यापक, योजनविद् तथा वौद्धिक व्यक्तित्वहरूबाट अवधारणापत्रको सारांश माग गरिएको थियो ।

जसअनुसार निर्धारित सम्ममा ती अवधारणापत्रको सारांश प्राप्त भएको सहायक क्याम्पस प्रमुख तथा कन्भेयर इन्द्रप्रसाद प्याकुरेलले बताए ।

उनका अनुसार क्याम्पसले वृहत्तर क्षेत्र ओगट्ने गरी खास खास विषयमा अन्तर्राष्ट्रिय स्तरको भेला, सम्मेलन र कार्यशाला गरी ज्ञानको संकलन, प्रतिपादन र विस्तार गर्नु अतिआवश्यक भए अनुसार कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा मुख्य नोट स्पिकरको रूपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की र कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज न्यूयोर्क अमेरिकाका डाक्टर प्रेम फ्याक सहभागी हुनेछन् ।

यस्तै, मुख्य नोट स्पिकरकै रूपमा बाबा मस्तनाथ विश्वविद्यालय भारतका पूर्वउपकुलपति प्रोफेसर एचएल वर्मा र रिइलियो क्षेत्रीय अंग्रेजी भाषा कार्यालय अमेरिकी दूतावासका रोजर एफ. कोहेन सहभागी हुने तय भएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]