उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्वका लागि इटहरीमा पुस ५ र ६ गते हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रूपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनका लागि मंसिर १४ गते सम्ममा अनलाइन माध्यमबाट ६० वटा अवधारणपत्र दर्ता भइसका छन् ।
जसअनुसार निर्धारित सम्ममा ती अवधारणापत्रको सारांश प्राप्त भएको सहायक क्याम्पस प्रमुख तथा कन्भेयर इन्द्रप्रसाद प्याकुरेलले बताए ।
उनका अनुसार क्याम्पसले वृहत्तर क्षेत्र ओगट्ने गरी खास खास विषयमा अन्तर्राष्ट्रिय स्तरको भेला, सम्मेलन र कार्यशाला गरी ज्ञानको संकलन, प्रतिपादन र विस्तार गर्नु अतिआवश्यक भए अनुसार कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रममा मुख्य नोट स्पिकरको रूपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की र कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज न्यूयोर्क अमेरिकाका डाक्टर प्रेम फ्याक सहभागी हुनेछन् ।
यस्तै, मुख्य नोट स्पिकरकै रूपमा बाबा मस्तनाथ विश्वविद्यालय भारतका पूर्वउपकुलपति प्रोफेसर एचएल वर्मा र रिइलियो क्षेत्रीय अंग्रेजी भाषा कार्यालय अमेरिकी दूतावासका रोजर एफ. कोहेन सहभागी हुने तय भएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved