• मंसिर २२, २०८२
  • जुनकिरी खबर

गछिया गोल्डकपको उपाधि राष्ट्रिय जागृति क्लबलाई

alt

प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राष्ट्रिय जागृति क्लब इटहरीले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा गाईघाट युनाइटेड उदयपुरलाई १-० गोल अन्तरले पराजित गर्दै जागृतिले उपाधि जितेको हो ।

जागृतिलाई उपाधि जिताउन प्रवेश बस्नेतले निर्णायक गोल गरे । बस्नेतले दोस्रो हाफको आठौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । राष्ट्रिय जागृतिले उपाधिसँगै २ लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको गाईघाट युनाइटेडले १ लाख रुपैयाँ हात पार्‍यो । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी राष्ट्रिय जागृतिका प्रवेश दनुवार घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए । मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा एक भारतीयसहित आठ टिमको सहभागिता थियो ।

 
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]