• पुस ५, २०८२
  • जुनकिरी खबर

तरहरा गोल्डकप २०८२ सुरु, पन्चकन्या फुटबल क्लब विजयी

alt

इटहरी । दोस्रो संस्करणको तरहरा गोल्डकप २०८२ को भव्य उद्घाटन भएको छ । इटहरी उपमहानगरपालिका वडा नं। २० का अध्यक्ष मणी श्रेष्ठले प्रमुख अतिथिको रूपमा प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा पन्चकन्या फुटबल क्लब राधुनीले आरआईएफसी काठमाडौलाई रोमाञ्चक पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै प्रतियोगिताको पहिलो जित दर्ता गरेको छ ।

निर्धारित समय र दुवै हाफमा २–२ को बराबरीमा रोकिएको खेल अन्ततः पेनाल्टीमा गएको थियो । सुरुदेखि नै उच्च प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफमा पन्चकन्या फुटबल क्लबका अनिष राई धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर, आरआईएफसी काठमाडौका सक्षम श्रेष्ठले समानता ल्याउँदै पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा पनि दुवै टोलीले आक्रामक फुटबल प्रस्तुत गरे ।

पन्चकन्याका सलोन जिमीले गोल गर्दै पुनः अग्रता दिलाए तर आरआईएफसीका सक्षम श्रेष्ठले दोहोरो गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्याए । अन्तिम समयसम्म कुनै पनि टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुग्यो । पेनाल्टी सुटआउटमा पन्चकन्या फुटबल क्लबका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए । पन्चकन्याले ३ गोल गर्न सफल भएको भने आरआईएफसी काठमाडौ भने १ गोल मात्र गर्न सफल भयो । प्रतियोगिताको आइतबारको खेलमा बेलका युथ क्लब उदयपुर र पानबारी फुटबल क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीले राम्रो खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

आयोजकले दिएको जानकारीअनुसार प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसबाहेक उत्कृष्ट खेलाडी लगायतका विभिन्न उपाधिमा पनि पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । तरहरा गोल्डकप पुस ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता तरहराको बहुभाषी खेलमैदानमा आयोजना गरिएको छ ।

स्थानीय तथा बाहिरका विभिन्न टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताले फुटबलप्रेमीहरूलाई उत्कृष्ट खेलको प्रदर्शन गराउने आयोजकले विश्वास व्यक्त गरेको छ । प्रतियोगितालाई योङ्ग ब्वाइज फुटबल क्लब तरहराले आयोजना गरेको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]