• पुस ६, २०८२
  • जुनकिरी खबर

दोस्रो तरहरा गोल्डकप, बेलकालाई हराउँदै पानबारी विजयी

alt

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उदयपुरबिच भएको खेलमा पानबारीले २१ गोल गदै विजयी भएको हो । खेलको पहिलो हाफको १६ मिनेटमा पानबारी फुटबल क्लबको तर्फबाट प्रदीप राईले पहिलो गोल गरेका थिए । यस्तै दोस्रो हाफको ६ मिनेटमै पानबारीको तर्फबाट अर्जुन लिम्बुले दोस्रो गोल गरे । यता दोस्रो हाफको २१ औ मिनेटमा भने बेलका फुटबल क्लबका तर्फबाट रोशन गुरुङले गोल गरेका थिए । आइतबारको खेलमा प्रदीप राई म्यान अफ द म्याच घोषित भए । सोमबारको खेल भने योङ ब्रोदर्श फुटबल क्लब इटहरी र केराबारी फुटबल क्लब मोरङबिच हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसबाहेक उत्कृष्ट खेलाडी लगायतका विभिन्न उपाधिमा पनि पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । तरहरा गोल्डकप पुस ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता तरहराको बहु भाषी खेलमैदानमा आयोजना गरिएको छ । स्थानीय तथा बाहिरका विभिन्न टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताले फुटबल प्रेमीहरूलाई उत्कृष्ट खेलको प्रदर्शन गराउने आयोजकले विश्वास व्यक्त गरेको छ । प्रतियोगितालाई योङ्ग ब्वाइज फुटबल क्लब तरहराले आयोजना गरेको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]