इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उदयपुरबिच भएको खेलमा पानबारीले २१ गोल गदै विजयी भएको हो । खेलको पहिलो हाफको १६ मिनेटमा पानबारी फुटबल क्लबको तर्फबाट प्रदीप राईले पहिलो गोल गरेका थिए । यस्तै दोस्रो हाफको ६ मिनेटमै पानबारीको तर्फबाट अर्जुन लिम्बुले दोस्रो गोल गरे । यता दोस्रो हाफको २१ औ मिनेटमा भने बेलका फुटबल क्लबका तर्फबाट रोशन गुरुङले गोल गरेका थिए । आइतबारको खेलमा प्रदीप राई म्यान अफ द म्याच घोषित भए । सोमबारको खेल भने योङ ब्रोदर्श फुटबल क्लब इटहरी र केराबारी फुटबल क्लब मोरङबिच हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसबाहेक उत्कृष्ट खेलाडी लगायतका विभिन्न उपाधिमा पनि पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । तरहरा गोल्डकप पुस ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिता तरहराको बहु भाषी खेलमैदानमा आयोजना गरिएको छ । स्थानीय तथा बाहिरका विभिन्न टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताले फुटबल प्रेमीहरूलाई उत्कृष्ट खेलको प्रदर्शन गराउने आयोजकले विश्वास व्यक्त गरेको छ । प्रतियोगितालाई योङ्ग ब्वाइज फुटबल क्लब तरहराले आयोजना गरेको हो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved