• पुस २७, २०८२
  • जुनकिरी खबर

पेट्रोल छर्किँदा हिरासतमा पुगे पौडेल, ७ दिनको म्याद थप

alt

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटेड इटहरी शाखामा पुगेर पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका उनलाई पक्राउ गरिएको हो । गत सोमबार पक्राउ परेका पौडेललाई म्याद थप गरेर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । 

नागरिक बचाउ अभियानका केही प्रतिनिधि सहित बैक पुगेका उनलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको छ । नागरिक बचाउ अभियानले लामो समयदेखि बैङ्कको ऋण मिनाहा देखि बैङ्क तथा वित्तीय संस्थाको विरुद्धमा अभियान चलाउँदै आएको छ । 

एनआइसी एसियाबाट ऋण लिएका पौडेलको हकमा भने बैङ्कले कुनै पनि ताकेता गरेको वा धितो लिलामीको प्रक्रिया अगाडी बढाएको अवस्था छैन । ऋणमा कुनै समस्या नभए पनि सापटी पैसा उठाउन बैङ्कलाई प्रभावित पार्ने हिसाबमा उनी प्रस्तुत भएका हुन् । 

बैङ्कबाट ऋण लिएर पौडेलले इटहरीका गंगाचरण शाहलाई सापटी दिएका थिए । सापटी दिएको लामो समय बितिसक्दा समेत पैसा फिर्ता नभएपछि पौडेल समस्यामा पर्दै गएका हुन् । पौडेलका नातामा सालो अशोक अधिकारीले गंगाचरण सँग सम्पर्क गराएका थिए । मदिरा उद्योग सञ्चालनको लागि पैसा अपुग भएको भन्दै गंगाचरणले सापटी मागेको बताइएको छ । त्यसको मध्यस्थता गर्ने र पौडेललाई विश्वासमा लिने काम अशोकले गरेका हुन् । 

गंगाचरण शाहले पौडेलको सापटी रकम बराबरको चेक दिएका छन् । उनले गंगाचरणलाई चेक अनादरको मुद्दा समेत हालेका छन् । यस बिचमा एनआइसी एसिया बैङ्कले भने गंगाचरणको जग्गा लिलाम गरेर सेटलमेन्टको प्रोसेस अगाडी बढाएको छ । काठमाण्डौका एक व्यवसायीले गंगाचरणको जग्गा लिनेगरि प्रक्रिया अगाडी बढेको हो । 

गंगाचरणले सापट पैसा नदिएको र बैङ्कले उनको सम्पत्ति लिलाम गरेको अवस्थामा आफ्नो पैसा समेत पाउनुपर्ने पौडेलको माग छ । सोही माग राख्ने क्रममा पौडेलले देखाएको धम्कीपूर्ण कार्यले उनी हाल हिरासत पुगेका हुन् । 

गंगाचरणलाई समेत प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ६ वटा मुद्दामा फरार रहेका उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पुर्‍याइएको छ । बैङ्किङ कसुर, ठगी लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]