• पुस २७, २०८२
  • जुनकिरी खबर

पेट्रोल छर्किँदा हिरासतमा पुगे पौडेल, ७ दिनको म्याद थप

alt

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटेड इटहरी शाखामा पुगेर पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका उनलाई पक्राउ गरिएको हो । गत सोमबार पक्राउ परेका पौडेललाई म्याद थप गरेर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । 

नागरिक बचाउ अभियानका केही प्रतिनिधि सहित बैक पुगेका उनलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको छ । नागरिक बचाउ अभियानले लामो समयदेखि बैङ्कको ऋण मिनाहा देखि बैङ्क तथा वित्तीय संस्थाको विरुद्धमा अभियान चलाउँदै आएको छ । 

एनआइसी एसियाबाट ऋण लिएका पौडेलको हकमा भने बैङ्कले कुनै पनि ताकेता गरेको वा धितो लिलामीको प्रक्रिया अगाडी बढाएको अवस्था छैन । ऋणमा कुनै समस्या नभए पनि सापटी पैसा उठाउन बैङ्कलाई प्रभावित पार्ने हिसाबमा उनी प्रस्तुत भएका हुन् । 

बैङ्कबाट ऋण लिएर पौडेलले इटहरीका गंगाचरण शाहलाई सापटी दिएका थिए । सापटी दिएको लामो समय बितिसक्दा समेत पैसा फिर्ता नभएपछि पौडेल समस्यामा पर्दै गएका हुन् । पौडेलका नातामा सालो अशोक अधिकारीले गंगाचरण सँग सम्पर्क गराएका थिए । मदिरा उद्योग सञ्चालनको लागि पैसा अपुग भएको भन्दै गंगाचरणले सापटी मागेको बताइएको छ । त्यसको मध्यस्थता गर्ने र पौडेललाई विश्वासमा लिने काम अशोकले गरेका हुन् । 

गंगाचरण शाहले पौडेलको सापटी रकम बराबरको चेक दिएका छन् । उनले गंगाचरणलाई चेक अनादरको मुद्दा समेत हालेका छन् । यस बिचमा एनआइसी एसिया बैङ्कले भने गंगाचरणको जग्गा लिलाम गरेर सेटलमेन्टको प्रोसेस अगाडी बढाएको छ । काठमाण्डौका एक व्यवसायीले गंगाचरणको जग्गा लिनेगरि प्रक्रिया अगाडी बढेको हो । 

गंगाचरणले सापट पैसा नदिएको र बैङ्कले उनको सम्पत्ति लिलाम गरेको अवस्थामा आफ्नो पैसा समेत पाउनुपर्ने पौडेलको माग छ । सोही माग राख्ने क्रममा पौडेलले देखाएको धम्कीपूर्ण कार्यले उनी हाल हिरासत पुगेका हुन् । 

गंगाचरणलाई समेत प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ६ वटा मुद्दामा फरार रहेका उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पुर्‍याइएको छ । बैङ्किङ कसुर, ठगी लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ ।  

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

तरहरा गोल्डकप २०८२ स ...

इटहरी । दोस्रो संस्करणको तरहरा गोल्डकप २०८२ को भव्य उद्घाटन भएको छ । इटहरी उपमहानगरपालिका वडा नं। २० ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]