• माघ १, २०८२
  • जुनकिरी खबर

सुनसरीको भोक्राहनरसिंहमा ट्रक पल्टिँदा ५ जनाको मृत्यु

alt

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै सुनसरीतर्फ आउँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा उक्त दुर्घटना भएको हो।

ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदार मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिनुभयो। दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका वडानम्बर १ का बासिन्दा हुन् । ट्रकमा सवार ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका २ जनालाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

तरहरा गोल्डकप २०८२ स ...

इटहरी । दोस्रो संस्करणको तरहरा गोल्डकप २०८२ को भव्य उद्घाटन भएको छ । इटहरी उपमहानगरपालिका वडा नं। २० ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]