• माघ १, २०८२
  • जुनकिरी खबर

सुनसरीको भोक्राहनरसिंहमा ट्रक पल्टिँदा ५ जनाको मृत्यु

alt

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै सुनसरीतर्फ आउँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा उक्त दुर्घटना भएको हो।

ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदार मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिनुभयो। दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका वडानम्बर १ का बासिन्दा हुन् । ट्रकमा सवार ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका २ जनालाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]