• माघ २, २०८२
  • जुनकिरी खबर

ओलीको गृहनगरमा बालेन टिमको चुनावी तयारी तीव्र

alt

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावको तयारी तीव्र पारेका छन्।

बालेनले झापा ५ बाट उम्मेदवारी दिने चर्चा छ। सो क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो। जहाँबाट ओली लगातार चुनाव लडिरहेका छन्।

सोही कारण अन्तिम निर्णय गर्नुअघि बालेनको कोर टिम झापा आएका छन्। बिहीबार उनको टिमका चार जना झापा आएका हुन । यो टिमले शुक्रबारबाट विशेष अभियान थालेको अभियन्ता निशान खत्रीले जानकारी दिए । कलाकार निश्चल बस्नेतको टिमले अहिले पार्टी कार्यकर्तासँग भेटघाट गरिरहेको र झापामा सम्पर्क कार्यालय राख्न घर खोजी भइरहेको खत्रीले बताए । झापा क्षेत्र नं. ५ मा चुनावी महोलको लागि खत्रीको छुटै टिमले निश्चल बस्नेतलाई सहयोग गरिरहेको छ । स्रोतका अनुसार झापा ५ मा बालेन आउने कार्यक्रमको समेत तयारी गरिदै छ । बालेन झापा आउदा हजारौ युवाहरु पार्टी प्रबेश गर्ने समेत जनाइएको छ ।

झापा आएको टोलीले चार दिन अध्ययन गरेर रिपोर्ट पठाएपछि बालेनले चुनावी क्षेत्रको औपचारिक घोषणा गर्नेछन्। सामाजिक सञ्जालबाट पनि उनले सो जानकारी दिने तयारी गरेका छन्। उम्मेदवारी दिएपछि मात्र घरदैलो कार्यक्रम सुरु गर्ने बालेनको योजना छ ।

ppp

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]