• माघ २८, २०८२
  • जुनकिरी खबर

इटहरीमा बाल कला महोत्सव हुने

alt

इटहरीमा दुईदिने  बाल कला महोत्सव आयोजना हुने भएको छ । पाथीभरा माध्यमिक विद्यालय, इटहरीको आयोजनामा आगामी फागुन १ र २ गते इटहरी बाल कला महोत्सव २०८२ आयोजना गर्न लागिएको हो ।

महोत्सवमा ३ वटा प्यानल डिस्कसन (छलफल) र २४ वटा कार्यशाला सञ्चालन हुनेछन् । महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त विभिन्न क्षेत्रका सर्जकहरूका साथै स्थानीय साहित्यकार, कवि, अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहने विद्यालयले जनाएको छ । विद्यार्थीहरूमा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको विद्यालयका सञ्चालक निर्मल रिजालले बताए ।

महोत्सवमा सात हजारभन्दा बढी बालबालिकाको सहभागिता रहने विद्यालयका प्रधानाध्यापक गोपाल श्रेष्ठले जानकारी दिए । महोत्सवमा शिक्षक, कलाकार तथा साहित्यकारहरूबाट कला र साहित्यका विविध विधाहरूमा कार्यशालाहरू सञ्चालन गरिनेछ । महोत्सव इटहरी उपमहानगरपालिकाको अभिभावकत्व, पाथीभरा माध्यमिक विद्यालयको आयोजना र बुकल्याण्ड काठमाडौँको सह(आयोजनामा हुन लागेको हो । यस कार्यक्रममा काव्य(डबली, प्याब्सन कोसी प्रदेश, प्याब्सन इटहरी, हिसान सुनसरी, सङ्गीत साधना प्रतिष्ठान इटहरी, कारखाना, वेदा, प्ले र नाइसको साझेदारी तथा सहकार्य रहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]