• माघ २८, २०८२
  • जुनकिरी खबर

झुम्का कारागारबाट फरार आठ कैदी नियन्त्रणमा

alt

जेन-जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका विभिन्न अपराधमा सजाय भोगिरहेका आठ जना कैदीबन्दीलाई धनकुटा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार फरार कैदीबन्दीहरूलाई नियन्त्रणमा लिन जिल्ला–जिल्लाबीच समन्वय, सूचना संकलन तथा निगरानी सञ्जाल सक्रिय बनाइएको थियो।

सोही अभियानको परिणामस्वरूप कर्तव्य ज्यान, अङ्गभङ्ग, जबरजस्ती करणी, चोरी र लागूऔषध गाँजा मुद्दामा सजाय तोकिएका कैदीबन्दीहरू पुनः कारागार चलान गरिएका हुन्। धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीका अनुसार फरारमध्ये केही कैदी आफ्नै घर वरपर लुकिछिपी बसेका थिए भने केहीले स्थान परिवर्तन गर्दै पक्राउबाट बच्न प्रयास गरेका थिए।

फरार भएका कैदीमध्ये कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद भोगिरहेका युवराज राईदेखि २५ वर्षसम्म कैद सजाय पाएका सागर राईसम्म रहेका छन्। घटनापछि झुम्का कारागारको सुरक्षा संयन्त्र, आन्दोलनका बेला अपनाइएका सतर्कता उपाय तथा कैदी व्यवस्थापन प्रणालीबारे पुनरावलोकन आवश्यक भएको सुरक्षा अधिकारीहरूको भनाइ छ।

प्रहरी स्रोतका अनुसार भविष्यमा यस्ता घटना नदोहोरिन कारागार सुरक्षा मापदण्ड कडाइ, डिजिटल निगरानी र आकस्मिक अवस्थाका लागि स्पष्ट कार्ययोजना आवश्यक देखिएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]