• फागुन २, २०८२
  • जुनकिरी खबर

सुनसरीमा स्वचालित पेस्तोल र ब्राउनसुगर कारोबारी पक्राउ

alt

सुनसरीको कोशी गापा–३ जमुवा नेपाल–भारत सिमा इलाकामा गोली सहित स्वचालित पेस्तोल,लागुऔषध ब्राउनसुगर सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
निर्वाचन क्षेत्र ४ सुरक्षा बेशका सहायक प्रहरी हवल्दार मनबहादुर न्यौपानेका अनुसार शुक्रवार साँझ ५ बजेको समयमा भारतीय सिमाबाट नेपाल प्रवेश गरेको बीआर ५० एजे ४२२९ नम्बरका अपाचे मोटसाइकलबाट नक्कली नोट र लागुऔषध बरामद भएको हो ।
 
मोटरसाइकल चालक भारत अररिया जिल्ला बेला ग्राम पंचायत–४ का ३६ वर्षिय रामखेलन पासवान चेकजाँच गर्दा भाग्न खोजेका थिए । उनलाई नियन्त्रणमा लिएर शरिर खानतलास गर्दै पिस्तोल, नेपाली रुपया र ब्राउनसुगर बरामद भएको सप्रह न्यौपानेले बताए । बरामद हतियार कम्मरमा लुकाएको इटालियन ९ मिमिको स्वचालित पेस्तोल १ थान, लोड भएको म्याग्जीन १ थान र ३ राउण्ड गोली सहित रहेको छ । 
 
चेकजाँचमा पाइन्टको गोजीबाट ब्राउनसुगर जस्तो देखिने अन्दाजी १०० ग्रामको खैरो पदार्थको प्याकेट पनि बरामद भएको छ ।
चेकजाँचकै क्रममा ७ हजार ५ रुपया नेपाली रुपया पनि बरामद गरिएको छ । बरामद नोटमा १ हजार रुपयाको ७ थान, ५०० दरको १८ थान, १ सय दरको ३ थान, ५० को १ थान, १० रुपयाको ३ थान र ५ रुपयाको १ थान छ । बरामद हतियार, वस्तु, नगद सहित पासवानलार्य आवश्यक कारबाहीको लागि सुनसरी जिल्ला प्रहरी कार्यालय ईनरुवामा बुझाईएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]