• फागुन ९, २०८२
  • जुनकिरी खबर

बिश्वआदर्शले जित्यो हिसान कोसी फुटबल च्याम्पियनसिपको उपाधि

alt

इटहरीको बिश्वआदर्श कलेजले दोस्रो हिसान कोसी फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान कोसी प्रदेशको आयोजना तथा हिसान सुनसरीको संयोजनमा भएको प्रतियोगिताको फाइनलमा बिश्वआदर्शले इटहरीकै सुस्मा गोदावरी कलेजलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
 
इटहरी रङ्गशालामा सम्पन्न फाइनल खेलमा बिश्वआदर्शलाई उपाधि जिताउन जेनिस खड्काले निर्णायक गोल गरे । बिश्वआदर्शका उज्ज्वल चौधरी उत्कृष्ट गोलकिपर, एल्सन श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए । सुस्मा गोदावरीका शिव राई उत्कृष्ट फरवार्ड घोषित हुँदा समीर चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
बुधवारदेखि भएको प्रतियोगितामा हिसानको जिल्ला स्तरीय प्रतियोगितामा विजेता तथा उपविजेता बनेको झापा, मोरङ र सुनसरी जिल्लाका जम्मा ६ वटा शिक्षालय सहभागी  थिए ।
 
राष्ट्रिय जागृति क्लबको प्राविधिक सहयोगमा सम्पन्न खेलको विजेता तथा उपविजेता टिमहरूलाई हिसानका केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरे, उपाध्यक्ष मुकुन्द घिमिरे, केन्द्रीय सदस्य सागर भटराई, प्रतियोगिता संयोजक गणेश दुलाल, एन्फा कोशीका सदस्य अनुरोध थापा लगायतले शिल्ड र मेडल वितरण गरे ।
गत संस्करणको उपाधि झापा बिर्तामोडको नीदी सेकेण्डरी स्कुललाई ४–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडकै आदर्श स्कुलअफ म्यानेजमेन्टले उपाधि जितेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]