• फागुन १३, २०८२
  • जुनकिरी खबर

इटहरीमा बालेन र रविको गर्जन : देश परिवर्तन रास्वपाले मात्र गर्छ

alt

इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाहले नेपालीहरुलाई आफ्नै उत्पादन खुवाउन नपाएको बताएका छन् । मंगलबार इटहरीमा आयोजित परिवर्तन उद्घोष सभामा बोल्दै नेता बालेन शाहले इटहरीबासीलाई सोधे बिहानको खानामा कहाँको तरकारी खानुभयो ? कहाँको चिया खानु भयो ?  ‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया,’ बालेनले प्रश्न गर्दै भने, ‘खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो ।’

तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान नपाएको उनले बताए । उनले भने,  ‘हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन । यो दुखको कुरा हो, यो दुखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी,’  पूर्वी तराईका तीनचार वटा जिल्लाको पूर्ण सम्भावनामा धान उत्पादन गर्नसके सिंगो देशभरी खुवाउन सकिने बताउँदै उनले रास्वपाले त्यही चाहेको उनले बताए । करिब ५ मिनेट सम्बोधन गरेका नेता बालेनले आफ्ना चुनावी एजेण्डा सुनाए । उनले उत्पादन, पर्यटन र धार्मिक साँस्कृतिक कार्यहरुले कोशी प्रदेशको विकास गर्न सकिने बताए ।  विश्वकै पहिलो तिर्थस्थल बराहक्षेत्रको बारेमा धेरै नेपालीलाई थाहा नभएको बताउँदै उनले सबै नेपालीलाई थाहा दिने सुनाए ।  नेपालकै पुराना उद्योगहरु यहि प्रदेशमा खोलिएको तर अहिले उद्योगहरु खोल्न छाडिएको भन्दै उनले उद्योग खोल्न प्रोत्साहन गर्ने बताए । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २० बर्ष सांसद भएपछि बल्ल कानुन फर्नुपर्ने ज्ञान आएको भन्दै काँग्रेस सभापति गगन थापालाई कटाक्ष गरेका छन् । 

मंगलबार इटहरीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सभापति थापालाई व्यंग्य गर्दै भने, ‘२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई । बल्ल ज्ञान आयो । तपाईँको ज्ञान तपाईँसँगै राख्नुहोला ’ 

सभापति लामिछानेले निर्माण व्यवसायीलाई असुरक्षित महसुस नगर्न आग्रह गरे । उनले भने,  ‘बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, डोरीले बाँध्ने भनेको होइन । कानुनअनुसार काम गरे कसैले केही गर्दैन ।’ धनगढीको चुनावी सभामा बालेनले सडक बनाउन ढिलासुस्ती गर्नेलाई रुखमा बाँधेर हुन्छ कि, थुनेर हुन्छ छिटो बनाउन लगाउने भनेका थिए ।उनले भने, विज्ञप्ति निकाल्नुपर्दैन, केके उपकरण ल्याउने हो, कसरी ल्याउनुपर्ने हो ल्याउनुस् । अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले छेक्न सक्दैन ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]