• फागुन १३, २०८२
  • जुनकिरी खबर

सुनसरीको तीन स्थानमा दुई ठुला दलको अमसभा

alt

सुनसरीमा मङगलबार ३ स्थानमा दुई ठुला दलको अमसभा सम्पन्न भएको छ । अगामि फागुन २१ गते हुने प्रतिनीधिसभालाई लक्षित गरेर नेपाली काङग्रेस र राष्ट्रिय स्वतन्त्रण पार्टीको आमसभा सम्पन्न भएको हो ।
 
सुनसरीको इटहरी उपमहानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीका रुपमा प्रस्तावित उमेदवार तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पूर्वी नेपाललाई आर्थिक सम्भावनाको शक्तिशाली केन्द्रको रूपमा विकास गर्न सकिने बताउनुभएको छ । प्राकृतिक स्रोत, कृषि उत्पादन र धार्मिक–सांस्कृतिक सम्पदाको व्यवस्थित उपयोग मार्फत समृद्धि सम्भव हुने दाबी गर्नुभयो । यो क्षेत्र कृषिमा अधारित क्षेत्र भएकाले दिगो सिँचाइ प्रणाली निर्माणको आवश्यक्ता रहेको बताउनुभयो ।
 
नयाँ फ्याक्ट्री खोलेर चलाउन १० जना नेतालाई ढोग्नुपर्नेपर्ने अवस्था विद्यमान रहेकाले त्यस्तो अवस्था अन्त्य गर्नेका लागि समेत अहिलेको आवश्यक्ता रहेको बताउनुभयो ।
 
सिलाम साक्माले मानिसलाई कालबाट जोगाए जस्तो देशलाई जोगाउने प्रतिबद्धता उहाँले ब्यक्त गर्नुभयो । कार्यक्रममा सुनसरी क्षेत्र नम्वर २ का उमेदवार लाल बिक्रम थापा सहितको पार्टीका बिभिन्न तह तथा तपकाको ब्यक्तिको सहभागीता रहेको पार्टीका सभापति सागर दाहालले जानकारी दिनुभयो । त्यसैगरी सुनसरीको रामधुनी नगरपालिकामा नेपाली काङग्रेसको चुनावी आमसभा सम्पन्न भएको छ ।
 
सभालाई सम्बोधन गर्नुहुदै नेपाली काङग्रेसका केन्द्रिय उपसभापति बिश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि काङग्रेस रुपान्तरण भएकाले अव देश रुपान्तरण गर्ने अठोट सहित काङग्रेस अघि वढेको बताउनुभयो । राष्ट्रपति एक कार्यकाल र प्रधानमन्त्री दुई कार्यकाल भन्दा वढी हुन नपाउने व्यवस्था नेपाली काङग्रेसले गरेको बताउनुभयो ।
 
चुनावपछि पार्टी बीच सामुहिक छलफल र वहस आवश्यक रहेको र मुलुकका लागि सबै एकजुट हुनु पर्नेमा उपसभापति शर्माले जोड दिनुभयो । राजनीतिमा बदलिनु पर्ने सबै भन्दा ठुलो कुरा संस्कार र शैलि रहेको बताउनुभयो । कार्यक्रममा सुनसरी क्षेत्र नम्बर २ का नेपाली काङग्रेका उम्मेदवार राजीव कोइराला सहितको सहभागीता रहेको थियो । त्यसैगरी सुनसरीको बराहक्षेत्रमा समेत नेपाली काङग्रेसबको चुनावीसभा सम्पन्न भएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]