• फागुन २७, २०८२
  • जुनकिरी खबर

सुनसरीमा समानुपातिक तर्फ रास्वपा पहिलो

alt

सुनसरी। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी जिल्लामा खसेको समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा देखिएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रको मत जोड्दा रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको हो । प्राप्त विवरण अनुसार रास्वपाले सुनसरीका चार निर्वाचन क्षेत्रबाट कूल १ लाख ७८ हजार ३३३ मत प्राप्त गरेको छ ।

समानुपातिक तर्फ नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदै ५२ हजार ३८३ मत ल्याएको छ । त्यसैगरी नेकपा एमालेले ३५ हजार ८९२ मत प्राप्त गरेको छ भने श्रम संस्कृति पार्टीले ४५ हजार ६९४ मत पाएको छ । नेकपा माओवादी केन्द्रले भने १० हजार ७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन क्षेत्रअनुसार हेर्दा रास्वपाले चारवटै क्षेत्रमा उल्लेख्य मत ल्याएको देखिन्छ । विशेषगरी क्षेत्र नम्बर २ मा रास्वपाले ५७ हजार ५८१ मत प्राप्त गर्दै सबैभन्दा धेरै मत पाएको छ ।

पाँच लाख ८० हजार ९४५ मतदाता रहेको सुनसरीमा तीन लाख ६९ हजार ६०० मत खसेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]