• वैशाख ९, २०८३
  • जुनकिरी खबर

दुहबी–१० मा टहरा हटाउने क्रममा विवाद: महिलामाथि दुर्व्यवहारको आरोप

alt

दुहबी नगरपालिका–१० मा ऐलानी जग्गामा बनेका घर–टहरा हटाउने क्रममा एक महिलामाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको आरोप लागेपछि घटना विवादमा परेको छ। बैशाख २ गते बिहान भएको उक्त घटनालाई लिएर पीडित पक्ष र स्थानीयले ज्यादती भएको बताएका छन् भने नगरपालिका र प्रहरीले आरोप अस्वीकार गरेका छन्।

स्थानीय ४५ वर्षीया राम कुमारी चौधरीले आफू १७ वर्षदेखि उक्त स्थानमा टहरा बनाएर बस्दै आएको र घर भत्काउने क्रममा नगर प्रहरी तथा नेपाल प्रहरीले आफूलाई बल प्रयोग गरी लछार–पछार गरेको बताइन्। “धरपकड गर्दा लागेको चोट अहिलेसम्म निको भएको छैन, मानसिक रूपमा पनि असहज महसुस भइरहेको छ,” उनले भनिन्।

उनकी छोरीले समेत घटनामा आफू र आमामाथि दुर्व्यवहार भएको दाबी गरेकी छन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]