• जेठ १, २०७६
  • जुनकिरी खबर

मुखमा पट्टी र एक खुट्टा उचालेर इटहरीमा प्रेस युनियनको प्रदर्शन

alt

इटहरी/ नेपाल सरकारले मिडियालाई अंकुश लगाउन काउन्सिल सम्वन्धी विधेयक संसदमा पेस गरेको भन्दै प्रेस युनियन सुनसरीले इटहरीमा सडक प्रर्दशन गरेको छ । प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना नै संसदमा दर्ता गरिएको भन्दै मुखमा कालोपट्टी बाधेर एक खुट्टा उचारे विरोध गरेको हो ।

इटहरी चौकमा र्याली सहित मुखमा कालो पट्टी र एक खुट्टा उचालेर आधा घण्टा सम्म विरोध गरेका हुन । सरकारले पत्रकारलाई अपाङग बनाउँन खोजेको बन्दै साङ्केतिक विरोध स्वरुपमा मुखमा पट्टी र एक खुट्टा उचालेको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले जनाए । पुरीले भने उक्त विधेयक तत्काल फिर्ता लिनु पर्छ ।

itahari-press

प्रेस स्वतन्त्रता हनन गर्ने गरी, संबिधानको मुल मर्म बिपरित तथा अन्तराष्ट्रिय अभ्यासको समेत बिपरित हुने किसिमले ल्याउने कुनै पनि कानुन पत्रकारलाई मान्य नहुने पत्रकारहरुले बताएका हुन । उनीहरुले तत्काल विधेयक फिर्ता नलिए सुनसरीबाटै शशक्त आन्दोलनको कार्यक्रम गर्ने बताएका छन ।

नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुईटेल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का लगायतको समेत उपस्थित रहेको थियो ।

सम्बन्धित समाचारहरु
काेशी प्रदेश : कुन म ...

काेशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएकाे छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७ मन्त्री र २ राज् ...

निजी विद्यालयलाई इटह ...

इटहरी उपमहानगरपालिकाले माध्यमिक तहसम्मको शुल्क निर्धारण गरी कार्यान्वयन गर्न निजी बिद्यालयहरुलाई कुर ...

एक हप्ता भित्र सरकार ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन् । सोमबा ...

कोशीका मुख्यन्याधिवक ...

कोशी प्रदेशका मुख्य महान्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री केदार क ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]