• जेठ १, २०७६
  • जुनकिरी खबर

मुखमा पट्टी र एक खुट्टा उचालेर इटहरीमा प्रेस युनियनको प्रदर्शन

alt

इटहरी/ नेपाल सरकारले मिडियालाई अंकुश लगाउन काउन्सिल सम्वन्धी विधेयक संसदमा पेस गरेको भन्दै प्रेस युनियन सुनसरीले इटहरीमा सडक प्रर्दशन गरेको छ । प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना नै संसदमा दर्ता गरिएको भन्दै मुखमा कालोपट्टी बाधेर एक खुट्टा उचारे विरोध गरेको हो ।

इटहरी चौकमा र्याली सहित मुखमा कालो पट्टी र एक खुट्टा उचालेर आधा घण्टा सम्म विरोध गरेका हुन । सरकारले पत्रकारलाई अपाङग बनाउँन खोजेको बन्दै साङ्केतिक विरोध स्वरुपमा मुखमा पट्टी र एक खुट्टा उचालेको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले जनाए । पुरीले भने उक्त विधेयक तत्काल फिर्ता लिनु पर्छ ।

itahari-press

प्रेस स्वतन्त्रता हनन गर्ने गरी, संबिधानको मुल मर्म बिपरित तथा अन्तराष्ट्रिय अभ्यासको समेत बिपरित हुने किसिमले ल्याउने कुनै पनि कानुन पत्रकारलाई मान्य नहुने पत्रकारहरुले बताएका हुन । उनीहरुले तत्काल विधेयक फिर्ता नलिए सुनसरीबाटै शशक्त आन्दोलनको कार्यक्रम गर्ने बताएका छन ।

नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुईटेल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का लगायतको समेत उपस्थित रहेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]